पुलनिर्माण गर्ने अभियानको सुरुवात गछौंः मन्त्री बराल

पोखरा, मसिर २१ ग्ते ।गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालजीवनले पोखरा २५ हेमजा स्थित जैसीकुना डहरेदेउराली क्षेत्रमा मोटरेवलपुल निर्माण गर्ने अभियानको सुरुवात गर्ने बताउनु भएको छ । एक समारोहका बिच पैदलपुलको मंगलबार उद्घाटन गर्दै मन्त्री बरालले स्थानियको माग भएबमोजिम मोटरेवलपुल निर्माण गर्ने अभियानको सुरुवात गर्ने बताउनु भएको हो ।

सानो रकममा हालै निर्माण भएको उक्त पुलबाट स्थानियमा छाएको खुसिले आफु निकैै प्रभावित भएको बताउदै मन्त्री बरालले सानो रकमले जनतालाई धेरै खुसि छर्न सकिने जनाउनु भयो । माओबादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य समेत रहेकामन्त्री बरालले एमाले अध्यक्ष केपीशर्मा ओली दोषी भएको बताउर्दै मन्त्री बरालले केपी प्रबृत्ति खराब भएको दाबीगर्नु भयो । ंअङंकार र घमण्डले गर्दा केपीप्रबृत्ति नाङगिदै गएको बताउनु भयो । असली राजनीतिक पार्टी बुझ्न स्थानियलाई मन्त्री बरालले आग्रह समेत गर्नु भयो । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डको पालामा मध्यपहाडी लोकमार्ग र पोखरा विमानस्थल निर्माण कार्य सुरुवात भएको दाबीगर्नु भयो । हेमजालाई नमुना सिटिको रुपमा विकास गर्न आफुले चाहेको उहाँले बनाउनु भयो ।

 

पोखरा महानगपालिका वडा नम्बर २५ का वडा अध्यक्ष शोभाकर तिमिल्सिनाले मन्त्री बराल जस्तो नेता भए नेपाल १० बर्षमा सुजरल्याण्ड बन्ने दाबी गर्नु भयो । नेकपा माओबादी केन्द्र पोखरा महानगर कमिटिका सदस्य माधवशरण पौडेलले विकास निर्माणमा सवै पार्टी एक हुनुपर्ने बताउदै पोखरा २५ बाट उठेको कर भन्दा महानगरले कम बजेट विनियोजनगर्ने गरेको गुनासो गर्नुभयो । नेकपा एमाले पोखरा २५ का अध्यक्ष ऋषिराम पौडेलले विकास निर्माणमा कुनै पनि राजनीति पार्टीले पूर्वाग्राह गर्न नहुने बताउनु भयो ।

 

पर्यटन व्यवसायी बासु त्रिपाठीले हेमजाबासीको खेतिपाती गर्ने थलो पुलपारी भएकोले डहरेदेउराली क्षेत्रमा मोटरेवलपुल आवश्यक भएको बताउनु भयो । हेमजा आमा समुहका उपाध्यक्षमा त्रिपाठीले आफुहरुले घाँस दाउरा तथा खेतिपाती गर्ने जग्गा सुइखेत खोलापारी भएकोले मोटरेवलपुल आवश्यक भएको बताउनुभयो ।

 

पश्चिमाञ्चल विकास मञ्चका संरक्षक धर्मराज बरालले विकासको लागि पहिलो पूर्वाधार सडक तथा पुलहरु आवश्यक भएको बताउनु भयो । समितिका अध्यक्ष तिर्थराज त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सचिव खिमलाल त्रिपाठी, संचारकर्मी आरती अधिकारी लगायतले जेसीकुना डहरेदेउराली क्षेत्रमाहालमोटरेवलपुलआवश्यकभएकोमाजोड दिएकाथिए । करिब ५ लाखको पैदलपुलको निर्माण भएको छ भने उक्तपुलनिर्माणमा मन्त्री बरालले आफ्नो निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्र्तगतगतबर्ष दुई लाख रुपैया विनियोजन गर्नु भएको थियो । उक्तपुलनिर्माणमा अध्यक्ष त्रिपाठी सहितकादाताहरुले समेत सहयोग गर्नु भएको हो भने उक्तपुलनिर्माण भएपनिहालकरिब ७० हजार ऋण भएको समितिले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...