भारतीय सेनाको हेलिकोप्टर दुर्घटना, सेनाका चिफ अफ डिफेन्स रावत सहित १३ जनाको मृत्यु

काठमाडौं,मङ्सिर २२ गते । भारतको तमिलनाडुको कुन्नूरमा बुधबार भारतीय सेनाको हेलिकोप्टर दुर्घटनामा परेका सेनाका चिफ अफ डिफेन्स (सिडिएस) बिपिन रावतको निधन भएको छ । टाइम्स अफ इण्डियाका अनुसरा रावत र उहाँका धर्मपत्नी र अन्य ११ जनाको मृत्यु भएको छ ।

 


उहाँ मृत्युबारे सरकारले भोलि औपचारिक रूपमा संसदमा जानकारी गराउने तयारी गरेको जनाइएको छ । हेलिकोप्टरमा सेनाका अन्य उच्च अधिकारी सहित १४ जना सवाररहेको भारतीय सञ्चार माध्यम “आजतक”ले उल्लेख गरेको छ  । भारतीय समयअनुसार दिउँसो १२ : २० मा दुर्घटनामा परेको हो । मृतहरुको डिएनए परिक्षणबाट पहिचान खुल्ने ”आजतक“ले उल्लेख गरेको छ । हेलिकोप्टर दुर्घटनाको मुख्य कारण खराब मौसम रहेको जनाईएको छ ।

 

दुर्घटनामा परि अधिकांशको शव चलेर चिन्न नसकिने अवस्थामा रहेको भारतीय संचार माध्यमले उल्लेख गरेका थिए। राउवसहित केहीलाई गम्भीर अवस्थामा अस्पताल लगिएको थियो।हेलिकप्टर दुर्घटनाप्रति भारतीय रक्षा मन्त्री राजनाथ सिंह लगायतका नेताहरुले गहिरो दुःख प्रकट गरेका छन् । दुर्घटनाको कारणबारे अनुसन्धान गर्न आदेश समेत दिइएको छ। दुर्घटनाबारे भारतीय रक्षा मन्त्रीले संसदलाई समेत जानकारी गराउने बताइएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...