पोखरा, मसिर २२ गते ।सुर्य तारा क्लब (पोखरा)पोखरा २७ गण्डकी प्रदेश नेपाल को तेस्रो साधारणसभा वार्षिकोत्सब तथा दोस्रो अधिबेशन सम्पन्न भएको छ । क्लबको दोश्रो अधिवेशनले अध्यक्षमा बिष्णु पुनलाई चयन गरेको छ । पुन यसअघि पनि अध्यक्ष थिए । क्लबको उपाध्यक्ष त्रयमा रामचन्द्र तिमिल्सिना ,कृष्ण प्रसाद अधिकारी र मोहन सुवेदीलाई चयन गरेको छ ।
क्लबको महासचिव(मोहन भट्टराई ,सचिबद्धयमा सरस्वती श्रेष्ठ, बबिता सुवेदीलाई चयन गरेको छ । त्यस्तै कोषाध्यक्षमा सन्दिप कोइराला, सहकोषाध्यक्षमा बिष्णुहरि भुगार्र्इलाई चयन गरेको छ । क्लबको सदस्यमा रुद्ररमन रेग्मी,कपिल भण्डारी,प्रमोद भण्डारी, कृष्णकला केसी,मधु सुवेदी र दिपेन्द्र पौडेललाई चयन गरेको छ । अधिवेशनको गण्डकी प्रदेशका सांसद प्रभा कोइरालाले उद्घाटन गरेकी थिइन ।