काँग्रेस महाधिवेशन आचारसंहिता, मोबाइल लैजान नपाइने

पोखरा, मंसिर २३ गते ।नेपाली कांग्रेसले १४ औं महाधिवेशनको आचारसंहिता सार्वजनिक गरेको छ । बुधबार महाधिवेशन प्रतिनिधि लक्षित गर्दै काँग्रेसले आचारसंहिता सार्वजनिक गरेको हो । केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले ६ बुँदे आचारसंहिता सार्वजनिक गर्नुभएको हो ।

आचारसंहिता अनुसार उम्मेदवारले प्रचारप्रसार गर्दा भिजिटिङ कार्ड र सामान्य अपिल वितरण गर्न पाउने छन्, लान्छना लाग्ने गरी प्रचारप्रसार गर्न पाइने छैन, मर्यादित र अनुशासित हुनुपर्नेछ, पार्टी कार्यालय र महाधिवेशन स्थलको पाँच सय मिटर क्षेत्रभित्र प्रचार सामग्री राख्न मनाही गरिएको छ भने मतदानस्थलमा प्रवेश गर्दा मोबाइल फोन बोक्न पाइने छैन । त्यस्तै निर्वाचनको क्रममा शान्ति सुव्यवस्था कायम गर्न गराउन र शान्तिपूर्ण मतदानमा संयमित भएर भाग लिन सबै महाधिवेशन प्रतिनिधिलाई आह्वान गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...