पोखरामा ट्रक पल्टिदा दुई जनाको मृत्यु

पोखरा, मसिर २४ गते ।पोखरामा शुक्रबार विहान ट्रक पल्टिदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङ जिल्लाको पार्चे बस्ने वर्ष ४२ को भिम बहादुर तामाङ र नाम, ठेगाना खुल्न नसकेको एक पुषको उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

आज विहान ४ः३० बजेको समयमा पोखरा महानगरपालिका वडा नं २६ विजयपुर स्थित सडकखण्डमा लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु २ ख २९४८ नंम्वरको े फलामे छड बोकेको ट्रक आफै अनियन्त्रित भई नालीमा पल्टिएको प्रहरीले जनाको छ । टक पल्टिएर घाइते भई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पठाइएको र दुवै जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटना स्थलमा इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट प्रहरी नायव उपरिक्षक महेन्द्र प्रसाद मरासिनीको नेतृत्वमा ११ जना खटिएर उद्धार गरेको कास्की प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...