पोखरा, मङ्सिर २४ गते । नेपाली काँग्रेसको १४औँ महाधिवेशनको काठमाडौमा सुरुभएको छ । महाधिवेशनको काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गर्नुभयो ।
उहाँले तीनै तहका सरकारमा काँग्रेसको नेतृत्वको सरकार बनाउने दावी गर्नुभयो । स्थानीय, प्रदेश र सघमा काँग्रेस नेतृत्वको बनाउन आफुलाई सभापतिमा जिताउन उहाँले प्रतिनिधिलाई आग्रह गर्नुुभयो । उहाँले एमाले अध्यक्ष ओलीको तानाशाही शासनबाट जनताले मुक्ति पाएको बताउदै अव फेरी तानाशाही सरकार आउन नदिन काँग्रेस महाधिवेशनबाट फैसला हुनुपर्ने र त्यसका लागि आफुलाई जिताउन आग्रह गर्नुभयो ।
मलाई जिलाउनुस् म स्थानीयदेखि राष्ट्रिय सरकार काँग्रेसकाे बनाउँछु । मलाई एक पल्ट जिताइदिनुस्,’ उहाँले भन्नुभयो । साथै उहाँले भन्नुभयो, ‘जुन दिन मेरो सरकार बन्यो, त्यो दिन सारा जनताले मुक्ति पाए । ओलीको शासनबाट मुक्ति पाए ।’
महाधिवेशनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ेविकास र समृद्धिका लागि काँग्रेससगै एमाले रहेको बताउदै उहाँले साना पार्टीरुलाई काँग्रेसले औला समात्न नदिदाँ पराजित हने डर रहेको बताउनुभयो ।
नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनलाई कायम राखेर जानुपर्ने बताउदै एक्लै हिडने अंहकार गरेर सक्किने चेतावनी दिनुभयो ।नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिगामीका विरुद्ध गठबन्धन कायम गरेर जानुपर्ने बताउदै नेपालमा राजतन्त्र नआउदै र त्यसका विरुद्ध फेरी जनताले सडकमा आउने बताउनुभयो ।