पोखरा, मसिर २६ गते । नेकपा (एमाले)को महाधिवेशनबाट निर्वाचित केन्द्रीय समििितको दोश्रो बैठकले नेताहरुको कार्यविभाजन गरेको छ । शनिबारदेखि सुरु केन्द्रीय कमिटिको दोश्रो बैठकले कार्य विभाजन गरेको हो । दोश्रो बैठकको दोश्रो दिन आइतबारको केन्द्रीय कमिटि बैठकले कार्यविभाजन गदै पार्टीको महत्वपूर्ण मानिने संगठन विभाग प्रमुखको जिम्मेवारी कास्कीका खगराज अधिकारीले पाएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको समग्र जिम्मेवारी दिइएको छ। त्यस्तै महासचिव शंकर पोखरेले पनि पार्टीको समग्र जिम्मेवारी दिएको छ । महत्वपूर्ण विभाग मानिने संगठन विभाग प्रमुखमा खगराज अधिकारी नियुक्त भएका छन् । त्यस्तै अर्को महत्वपूर्ण विभाग स्कुलमा प्रदीप ज्ञवाली चयन भएका छन । प्रचार विभागको जिम्मेवारी गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पाएका छन् । त्यस्तै सचिव योगेश भट्टराईले स्वास्थ्य तथा जनसंख्या विभागको जिम्मेवारी पाएका छन्। ।
केपी ओली : समग्र पार्टी
ईश्वर पोखरेल : नीति अनुसन्धान प्रतिष्ठान
युवराज ज्ञवाली : स्थानीय तह प्रदेश र संघ
अष्टलक्ष्मी शाक्य : राजनीतिक समन्वय
रामबहादुर थापा बादल : राष्ट्रिय सुरक्षा
विष्णु पौडेल : पार्टी संगठन अनुगमन
सुवास नेम्वाङः ससदिय अनुगमन
सुरेन्द्र पाण्डेः राजकीय मामिलाको जिम्मेवारी
महासचिव : समग्र पार्टी
प्रदीप ज्ञवाली : स्कुल विभाग
पृथ्वीसुब्बा गुरुङ : प्रचार विभाग
विष्णु रिमालः आर्थिक लेखा लगायत
स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख : योगेश भट्टराई
कार्यालय सचिव : भीष्म अधिकारि
संगठन विभाग : खगराज अधिकार