सुर्य तारा क्लबद्धारा जिम्मेवारी बाँडफाँड(कसलाई के जिम्मेवारी)

पोखरा, मंसिर २६ गते । सुर्य तारा क्लब (पोखरा)ले जिम्मेवारी बाँडफाँड गरेको छ । हालै सम्पन्न अधिवेशनबाट निर्वाचित क्लबको बैठकले जिम्मेवारी बाँफाँड गरेको हो ।

समृद्द समाज हाम्रो परिकल्पना भन्ने नारा आत्मसाग गदै गण्डकी प्रदेशलाई आफ्नो कार्य क्षेत्र मानेर स्थापित सुर्य तारा क्लब (पोखरा) गण्डकी नेपालको तेस्रो साधारण सभा एबं दोश्रो अधिबेशनबाट निर्वाचित कार्य समितिको पहिलो बैठकले जिम्मेवारी बाडफाड गरेको अध्यक्ष विष्णु पुनले जानकारी दिए । क्लबको सल्लाहकारमा टिकाराम पंगेनी, प्रमोद कुमार पौडे, किसान सुनार, भरतबहादुर गोदार र शिबप्रसाद अधिकारीलाई चयन गरेको छ । बैठकले विभिन्न १४ उपसमिति समेत गठन गरेको छ ।

 

स्वास्थ उपसमिति सयोजक दिपेन्द्र पौडेल, आर्थिक उपसमिति सयोजक सन्दीप कोइराला , रचनात्मक उपसमिति सयोजक कृष्ण प्रसाद अधिकारी, सघ सस्था समन्वय उपसमिति प्रमोद भण्डारी, महिला उपसमिति सयोजक सरस्वती श्रेष्ठ, बालबालिका उपसमिति सयोजक बबिता सुबेदी, युवा स्वरोजगार उपसमिति सयोजक मोहन सुबेदीलाई चयन गरेको छ ।

 

त्यस्तै सदस्य ब्यबस्थापन उपसमिति सयोजक बिष्णुहरि भुगाई, कृषि उपसमिति सयोजक मधु सुबेदी, कार्यालय ब्यबस्थापन उपसमिति सयोजक कपिलबाबु भण्डारी,खेलकुद , बिपद ब्यबस्थापन , ज्येष्ठ नागरिक प्रचार उपसमितिको संयोजक अर्को निर्णय नहुदासम्म अध्यक्ष बिष्णु पुनले कार्य गर्ने बैठकले निर्णय गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...