पोखरा महानगरपालिकाले १९ करोडमा प्रशासनिक भवन बनाउने

पोखरा, मंसिर २७ गते । पोखरा महानगरपालिकाले आफनै प्रशासनिक भवन बनाउने भएको छ । पोखरा महानगरपालिका वडा नम्वर ८ दमकल मार्गमा रहेको आफनै जग्गामा भवन निर्माण गर्ने भएको हो ।

प्रशासनीक भवनको महानगरका उपप्रमुख मञ्जुदेवि गुरुङले सोमबार शिलान्यास गर्नुभयो । मोखराको मुख्य कार्यालय हाल पोखराको न्यूरोडमा रहेको छ । उक्त भवन साँघुरो भएका कारण सृवा प्रवाहमा असहज भएका कारण नयाँ भवन निर्माण गनर्् लागेको महानगरपालिका प्रमुख मानबहादुर जिसीले बताउनुभयो । पोखरेली जनताले तिरेको करबाटै भवन बनाउने भएकाले जनतालाई थप सहज र सरल रुपमा सेवा प्रवाह गर्न व्यवस्थित भवन निर्माणलाई अगाडी बढाइएको बताउनुभयो ।

पोखराको विकास पोखरेलीहरु आफनै गर्नुपर्नेमा जोड दिदै भन्नुभयो, पोखरा हाम्रो हो, हामी आफैले बताउने हो । अरु कोही आएर बनाइदिदैन । त्यसैले काम गर्ने क्रममा समस्या आउँछन । ती समस्या समाधान गरेर अगाडी बढनुपर्छ । पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले महानगरका सबै महाशाखाहरुको सेवा एउटै भवनबाट प्रवाह गदै नागरिकलाई सहज बनाउन प्रशासकीय भवन निर्माण गर्न लागिएको बताउनुभयो । उक्त भनवको लागत १९ करोड ५ लाख छ हजार ३ सय ५ रुपैयाँ रहेको महानगर वििरष्ठ इन्जिनियर पूर्णबहादुर गुरुङले बताउनुभयो ।

 

पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले हालको कार्यालय साँधुरो र अव्यवस्थित भएकाले नयाँ प्रशासकिय भवन बनाउन लागेको बताउनुभयो ।पोखरा महानगरपालिका सचेतक एवं पोखरा १९ का अध्यक्ष शोभामोहन पौडेलले पोखराको विकाससंग जोडिएको प्रशासकीय भवन निर्माणका लागि सबैको सहयोग र साथ आवश्यक रहेको बाउदै यसले पोखराका नागरिकलाई सेवा प्रवाहमा सहजता आउने विश्वास ब्यक्त गर्नुभयो ।

 

उहाँका अनुसार भूमि बुद्ध ओम बुद्ध जेभी विराटनगरसँग असोज १० गते ठेक्का सम्झौता भएर काम अगाडी बढेको बताउनुभयो । सम्झौता अनुसार ५ तले भवन ठेक्का सम्झौता मितिदेखि १८ महिनामा सम्पन्न गरिसक्नु पर्नेछ ।

 

शिलान्यास कार्यक्रममा प्रदेश केही बेर स्थानीयले अवरोध गरेका थिए । स्थानीयले खुल्ला ठाउँमा पार्क बनाउनुपर्ने भन्दै विरोध गरेका थिए । पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले राम्रो काम गर्दा सानोतिनो अवरोध आउनु स्वाभाविक भएको भन्दै महानगरपालिकाले आफ्नै लालपुर्जा भएको स्थानमा भवन बनाउन लागिएको भन्दै अवरोध गर्नु उचित नभएको बताउनुयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...