काँग्रेस महाविधेशन अन्र्तगत मतदान जारी

काठमाडौँ, मङ्सिर २७ गते । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । विहान आठबजेटबाट सुरु मतदान अहिले पाँच बजे सम्पन्न हुने छ । मतदानपछि आजै साँझबाट मतदान गर्ने बताइएको छ ।

सबै पदका लागि मतदान सकिएलगत्तै सभापति पदको मतगणना सुुरु हुनेछ । सभापति पदका उम्मेदवारले विजयी हुन ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने काँग्रेसको विधानमा उल्लेख छ । यदि कुनै उम्मेदवारले कुल खसेको मतको ५१ प्रतिशत मत प्राप्त नभएमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारद्वयबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

 

सभापतिमा प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा,विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा.शेखरप्रसाद कोइराला र कल्याणकुमार गुुरुङबीच प्रतिस्पर्धा हुँदैछ । कुल १३४ पदका लागि मनोनयन दर्ता भएकोमा प्रदेश २ खुला केन्द्रीय सदस्य पदमा आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित हुनुुभएको छ । १३२ पदका लागि मतदान भैरेको छ ।

 

मतपत्र हाल्नका लागि ८७ वटा मतपेटिकाको व्यवस्था गरिएको छ । सभापति पदका उम्मेदवार जिल्लाबाटै महाधिवेशन प्रतिनिधि भएर आउनुुभएको छ भने प्रदेशका लागि छुट्याइएको केन्द्रबाट र महाधिवेशन प्रतिनिधि निर्वाचित नभएका केन्द्रका पदाधिकारी र केन्द्रीय सदस्यले केन्द्रकै मतदान केन्द्रबाट मतदान गर्ने छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...