काठमाडौं, मङ्सिर २८ गते । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापति चयनका लागि दोस्रो चरणको मतदान अहिले जारी छ । दोश्रो चरणको निर्वाचनमा प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवा र काँग्रेस नेता शेखर कोइरालावीच प्रतिस्र्पाधा रहेको छ । पहिलो चरणको मतदानमा पाँच उम्मेदवार मध्य सबैभन्दा बढि मत ल्याउने दुई जना वीच प्रतिस्पर्धा भएको हो । दिउसो तीन बजेबाट सुरु भएको मतदान आज राति आठ बजेसम्म चल्ने अनुमान गरिएको छ । निर्वाचन सकेलगत्तै साढे ९ बजेपछि गर्ने तयारी भैरहेको छ।मतदान अहिले प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा चलिरहेको छ ।
काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता केवश रिजालले राति ८ बजे मतदान सकिने अनुमानसहित साढे नौ बजेपछि मतगणना हुने जानकारी दिनुभयो ।मतगणनाको नतिजा बुधबार बिहान १ बजेसम्म आइसक्ने उहाँले बताउनुभयो ।
पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा गएको हो । सभापति पदका लागि प्रधानमन्त्री समेत रहनुभएको शेरबहादुर देउवा र डा। शेखर कोइराला प्रतिस्पर्धामा हुनुहुन्छ ।
पहिलो चरणमा सभापति पदमा उम्मेदवारी दिनुभएका प्रकाशमान सिंह, बिमलेन्द्र निधि र कल्याण गुरुङले प्रधानमन्त्री देउवालाई नै समर्थन गर्नुभएको छ ।