काँग्रेस सभापतिमा शेरबहादुर देउवा विजयी, २७३३ मत प्राप्त गरे

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । मंगलबार दोश्रो पटक सभापति पदका लागि मतदान भएको थियो । राती सम्पन्न मतदान लगत्तै सुरुभएको मतगणनाको अन्तिम परिणाममा देउवा विजयी भएका हुन ।

मंसिर २४ गतेबाट राजधानीमा जारी महाधिवेशन अन्तरगत सभापतिको अन्तिम मतपरिणाम अनुसार देउवाले विजयी हासिल गरेका हुन । मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा कुल खसेको ४६२३ मतमध्ये देउवाले २७३३ मत प्राप्त गदै विजयी भए ।

 

यस्तै डा. शेखर कोइरालाले १८५५ मत ल्याए भने ३५ मत बदर भएको छ । यद्यपि निर्वाचन समितिले आधिकारिक घोषणा गर्न बाँकी रहेको छ ।सोमबार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि सभापतिका उम्मेदवारहरुले ५० प्रतिशत कटाउन नसक्दा दोस्रो चरणमा निर्वाचन भएको थियो । दोस्रो चरणमा सबैभन्दा बढी मत ल्यााउने देउवा र कोइरालाको प्रतिस्पर्धा भएको थियो । दोस्रो चरणको मतदानमा देउवालाई प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले समर्थन गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...