कास्की अझै कोरोनाको रेड जोनमा, दुई सय बढि संक्रमित

काठमाडाैं, मङ्सिर २९ गते । नेपालमा शुन्य संक्रमित भएका जिल्ला पाँच पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला र बाजुरा गरि पाँच जिल्लामा शुन्य संक्रमित भएका छन् ।

नेपालमा ५ हजार ६८९ जना संक्रिय संक्रमित रहेका छन् । जसमा होम आईसोलेसनमा पाँच हजार ३८६, संस्थागत आईसोलेसनमा रहेका सङ्ख्या ३०३ , आईसीयुमा रहेको सङ्ख्या १२० र भेन्टिलेटरमा २७ जना रहेको मन्त्रालयले जनाएको छ।

दुई सय भन्दा माथि संक्रिय संक्रमित भएका जिल्लाहरुको संख्या पाँच रहेको छ । सुनसरी, भक्तपुर, कास्की, बाँके, कैलालीमा २ सय भन्दा बढी संक्रिय सक्रमित रहका छन् ं काठमाडौँ र ललितपुर गरी दुई जिल्लामा पाँच सय भन्दा बढी संक्रिय संक्रमितहरु रहेको मन्त्रालयले जनाएको छ ।

 

नेपालमा कोरोना सुरु भएदेखि आजसम्म ४७ लाख ३४ हजार ५ सय ८६ जनाको आरटी पिसिआर विधिबाट कोरोना भए नभएको जाँच गरिएको छ ।जसमा आँठ लाख २४ हजार ७६४ जनामा कोरोना पृष्टि भएको मन्त्रालयले जनाएको छ। आठ लाख सात हजार ५१६ जना संक्रमित निको भैसकेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...