कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता, २१२० मत गणना

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म २१२० मत गणना भइसकेको छ ।

सुरूदेखि स्पष्ट अग्रता कायम राखिरहेका गगन थापाको १३८५ मत आएको छ । दोस्रोमा रहेका विश्वप्रकाश शर्माले ८५१ मत ल्याएका छन् ।देउवा प्यानलका उम्मेदवार प्रदीप पौडेल र प्रकाशशरण महतको क्रमश: ६२१ र ६९८ मत आएको छ ।

गगन थापा १३८५
प्रदीप पौडेल ६२१
विश्वप्रकाश शर्मा ८५१
मीनेन्द्र रिजाल ३६५
राजाराम कार्की ५९
प्रकाशशरण महत ६९८

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...