कांग्रेस सहमहामन्त्रीमा डिना, आङदेम्बे र परियार निर्वाचित

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत दलित, महिला र आदिवासी तर्फका सहमहामन्त्रीको नतिजा सार्वजनिक भएको छ ।सहमहामन्त्री महिला खुलातर्फ डिना (महालक्ष्मी) उपाध्याय विजयी हुनुभएको छ । उपाध्यायले दुई हजार ५३३ मत प्राप्त गर्नुभएको छ । सोही पदकी उम्मेदवार कमला पन्तलेदुई हजार १०५ मत प्राप्त गर्नु भएको छ ।

त्यसैगरी, दलिततर्फ सहमहामन्त्री पदमा जीवन परियार निर्वाचित हुनुभएको छ । उहाँले दुई हजार २१५ मत प्राप्त गर्नुभएको छ । दलितर्फ सहमहामन्त्री पदका उम्मेदवारद्वय मानबहादुर विश्वकर्माले दुई हजार १७५ र गङ्गा सुनारले २२९ मत प्राप्त गर्नुभयो । आदिवासी जनजातीतर्फ सहमहामन्त्री पदमा भीष्मराज आङदेम्बे निर्वाचित हुनुभएको छ । आङदेम्बेले दुई हजार ७११ मत प्राप्त गर्दा सहमहामन्त्री पदका उम्मेदवार विकास लामाले एक हजार ९१३ मत पाउनुभएको छ ।

 

अन्य ५ क्षेत्रतर्फ सहमहामन्त्री पदको मतगणना शुक्रबार मात्रै हुनेछ । जसमा खसआर्यतर्फ किशोरसिंह राठौर र देवराज चालिसे, मधेशीतर्फ महेन्द्र यादव, रञ्जीत कर्ण र रामकृष्ण यादवले उम्मेदवारी दिनुभएको छ ।त्यसैगरी, मुश्लिमतर्फ फरमुल्लाह मन्सुर र शेख वकीलले उम्मेदवारी दिनुभएको छ । थारुतर्फ उमाकान्त चौधरी र तेजुलाल चौधरीले उम्मेदवारी दिनुभएको छ । पिछडिएको क्षेत्रबाट चेतराज बजाल, जीवनबहादुर शाही र बद्री पाण्डेले उम्मेदवारी दिनुभएको छ । काँग्रेसको विधानअनुसार  सहमहामन्त्री हुने व्यवस्था छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...