पोखरा, पुस २ गते । नेकपा एमाले कास्कीका कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङको पदस्थापन गरिएको छ । शुक्रबार एमाले जिल्ला पार्टी कार्यालय कास्कीमा आयोजित कार्यक्रममा अध्यक्ष गुरुङलाई केन्द्रीय सदस्य कृष्ण थापाले पदस्थापन गराए ।
निवर्तमान अध्यक्ष दशौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित भए पछि बर्तमान उपाध्यक्ष गुरुङलाई कार्यवाहको जिम्मेवारी दिएका हुन । थापाले गुरुङलाई कार्यबाहकको जिम्मेवारी सुम्पिदै खादा लगाएर पदास्थापना गराए । गुरुङले पदस्थापना कार्यक्रममा बोल्दै पार्टीको काम सम्पादनमा गुनासो नआउने गरी गर्ने प्रतिवद्दता व्यक्त गरे ।
उनले पार्टीलाई थप क्रियाशिल बनाउदै सबैलाई समेटेर अगाडी बढने बताए । नेकपा एमालेको हालै काठमाडौमा सम्पन्न अधिवेशनले जिल्ला अधिवेशन पुस २३ गते गर्ने निर्णय गरेको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।
कार्यक्रममा नेकपाएमालेका केन्द्रिय कमिटीका सदस्य एवं कास्कीका इन्चार्ज भिम कार्की, केन्द्रिय कमिटीका सदस्य एवं सहइन्चार्ज कृष्ण थापा, वालसिंह काउछा,केन्द्रिय अनुशासन आयोगका सचिव प्रा.डा भरत पहारी, नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्री वृहस्पति सापकोटा,शिव बहादुर बराल, माधव बास्तोला लगाएत अन्य नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन कमिटीका सचिव दामोदर बैरागीले गर्नुभएको थियो ।