पोखरा, पुस ३ गते । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले मुलुक बनाउन यहाँको श्रम शक्तिलाई यही रोक्नु पर्ने बताउनु भएको छ । पोखरा ६ मा रहेको माता तालबाराही आरती सेवा समितिको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनको शनिबार उद्घाटन गर्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो ।
दोश्रो तथा तेश्रो मुलुकमा श्रम गर्न जाने नेपाली संस्कारको अन्त्य गर्नुपर्ने उहाँँको भनाई छ । कुलतबाट बचाउन बाल्यकालसम्म अभिभावकले दाहित्व बहन गर्नुपर्ने बताउदै मन्त्री बरालले युवा अबस्थाबाट स्वयम आफै बाच्न सक्ने बनाउनु पर्नेमा जोड दिनु भयो ।
कृषिबाट नेपालको पर्यटनको विकास गर्न सकिने बताउदै उहाँले पहिला कृषिमा आत्मनिर्भर भएको मुलुकमा हाल विदेशबाट चाम, कोदो लगायतका खाद्य बस्तु आयात हुने गरेको जनाउनु भयो । पर्यटकलाई स्वदेशमा उत्पादन भएका बस्तु दिन सके मात्र आर्थिक विकास गर्न सकिने मन्त्री बरालले बताउनु भयो । अध्यात्मिक तथा भौतिकबादको बहस गर्नु पर्ने आवश्यक भएको मन्त्री बरालको भनाई थियो ।
पोखरामा संचालन भएको आरतीले पर्यटनको बसाई लम्बाउन तथा थप मनोरन्जन दिन सहयोग पुगेको उहाँले विश्वास व्यक्त गर्नु भयो । प्रदेशको राजधानि पोखरा सहितको क्षेत्रको पर्यटन प्रबद्र्धन गर्न धार्मिक पर्यटनको समेत उत्तिकै सम्भावना भएको दाबी गर्नु भयो ।भक्ति फाउण्डेसनका संस्थापक अध्यक्ष सितल कृष्ण महाराजले भारतको परम्परालाई पोखरामा भारती गरेर भौतिक आनन्दीतको सकरात्मक उर्जा प्रदान गरेको बताउनु भयो । आरती गर्दा नियम थप कडाई गर्नुपर्ने उहाँले बताउनु भयो ।
समितिका अध्यक्ष गिरीराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली कागेंस पोखरा ६ का वडा इकाई कमिटिका सभापति सन्तोष पौडेल, मितेरी आमा समुहका सचिव इन्दिरा पौडेल, समितिका सचिब सुर्यनाथ पहारी, सहसचिव तुलसी दाहाल लगायतले पोखरामा आरती गर्न सुरु गरेसंगै पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने गरेकोमा जोड दिनु भएको थियो । आरती गुरु गोकर्ण अधिकारी आरतीमा राजनीति नघुसाउन आग्रह गर्नूभयो । आरती सुरु गर्दा एक वोतल पानी बाडेर खानु परेको स्मरण गर्दै अधिकारीले धार्मिक क्षेत्रमा कुनै जात धर्म नभई सवैको साझा भएको बताउनु भयो । उक्त अवसरमा मीना भट्टराई परिवाबाट २५ हजार ५ सय ५ रुपैयाको अक्षयकोष रकम सहयोग हस्तान्तरण गर्नु भएको छ ।