गण्डकी, पुस ३ गते । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाहरुले संविधानले व्यवस्था गरेका हक अधिकार मागे र नभई खोसेर लिने पर्ने बताउनु भएको छ ।नेपाल रेडक्रस सोसाईटी कास्की लैङगिक तथा सामाजिक समावेशिकरण समितिद्धारा आज पोखरामा आयोजित जिल्ला स्तरीय महिला गोष्ठीको उद्घाटन गर्दै उहाँले त्यसका लागि महिलाहरु संगठित भएर लाग्नु पर्ने बताउनुभयो ।
महिलाहरु राजनैतिक, सामाजिक र आर्थिकरुपमा हस्तक्षपकारी भूमिका निर्वाह गर्दै सशक्तिकरणमा लाग्नु पर्ने बताउँदै उहाँले प्रत्यक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता हुनु पर्नेमा जोड दिनुभयो ।दुःख र अन्यायमा परेका व्यक्तिको उद्धारमा रेडक्रसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै उपसभामुख शर्माले निकट भविष्यमा हुने स्थानीय तहको निर्वाचनमा पहिलो पदमा आउने गरि लाग्न महिलाहरुलाई आग्रह गर्नुभयो ।
नेपाल रेडक्रस सोसाईटी कास्की शाखाका उपसभापति डण्डराज शर्मा र कृष्णप्रसाद तिमिल्सिनाले विश्व व्यापिरुपमा पैmलिएको कोभिड १९ को जोखिमको अवस्थामा रेडक्रसले आप्mना सम्पूर्ण सेवामा सञ्चालन गरेर मानवप्रति समर्पित भएको जानकारी दिनुभयो ।संस्थाका मन्त्री धर्मराज अधिकारीले रेडक्रस विपदका समयमा मानविय सेवा सहित खानेपानीको व्यवस्था, प्राकृतिक प्रकोपमा उद्धार तथा राहत उपलव्ध गराउन सक्रिय रहदै आएको स्पष्ट पार्नुभयो ।
कार्यक्रम संयोजक एवम रेडक्रस सोसाईटीका उपमन्त्री उर्मिला खड्काले जहाँ दुःख त्यहा रेडक्रस भन्ने अभियानमा जुट्न सवैलाई आग्रह गर्दै तालिमले संस्थामा महिला सहभागिता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका पुगेको जानकारी दिनुभयो ।कार्यक्रममा पत्रकार श्यामनाथ कुँवर, रेडक्रस जिल्ला कार्यसमिति सदस्य रमा कोइराला लगायतले रेडक्रमको महत्व माथि प्रकाश पार्नुभएको उक्त तालिममा कास्कीका बिभिन्न ४८ उपशाखाका ९६ जना महिलाहरुको सहभागिता रहेको छ ।
एक दिने सो तालिममा मोहनसिंह खड्काले रेडक्रस अधियान, उर्मिला खड्काले उपशाखामा लैङगितक तथा सामाजिक समावेशिकरणका गतिविधि र खेमराज सापकोटाले विपद्मा महिला, बालबालिका र जेष्ठ नागरिकहरुको संरक्षण बिषयमा प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको छ ।