चापाकोटमा रत्यौली हेर्नेको भिड, संस्कृति पुस्तान्तरण हुनुपर्छ कावा प्रमुख गुरुङ(फोटो फिचर)

पोखरा, पुस ४ गते । बेहुली लिन जान बेहुला तयार थिए । बुहारी लिन जान तयार छोरालाई आमाले टिका लगाएर जन्ती सहित विदा गरिन । बेहुलाका घरमा रत्यौली खेल्न एक हुल महिलाहरु आए । रत्यौली हेर्न आउनेहरुको उस्तै भिड । रत्यौलीमा पुरुषका लुगा लगाएर लुठो आए । यो दृश्य थियो पोखरा २३ चापाकोटमा आयोजना गरिएको चापाकोट देउराली सामुदायिक होमस्टे साँस्कृतिक महोत्सव २०७८ को ।

नेपाली सँस्कृति र परम्परा अनुसार विवाहमा खेलीने रत्यौली गीत प्रतियेगितामा देखिएको काल्पनीक तर यथार्थ दृश्य थियो । रत्यौली हेर्नकै लागि चापाकोटबासीहरुको सहभागीता उल्लेख्य थियो ।

रत्यौली गीत प्रतियोगिताको पोखरा महानगरपालिका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले युवा पुस्तामा संस्कृति पुस्तान्तरण हुनुपर्नेमा जोड दिनुभयो ।

संस्कृति संरक्षण गदै युवा पुस्ताललाई आफनो संस्कार र संस्कृतिप्रति जागरुक बनाउनुपर्ने बताउनुभयो । उहाँले गाँउमा आउने पर्यटकको बसाई लम्ब्याउने र स्थानीय उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । होमस्टेमा आउनेहरुलाई स्थानीय उत्पादन खान पाउने वतावरण सृजना भए स्थानीयको आयस्रोत बृद्धि समेत हुने विश्वास ब्यक्त गर्नुभयो ।

आन्र्तरीक पर्यटन प्रर्वद्धन गदै चापाकोटको प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । पर्यटकीय रुपमा सम्भावना बोकेको क्षेत्रलाई प्रचार गदै त्यहाँ रहेका होमस्टे मार्फत गाँउमै रोजगारी सृजना गर्ने उद्देश्य रहेको अयोजकको भनाई छ ।पर्यटन भित्राउने लक्ष्य सहित तेस्रो संस्करणको विविध प्रतियोगिता सहित मेला आयोजना गरिएको कार्यक्रम संयोजक भिम पराजुलीले बताए ।

मेला सोमबार समापन हुदै छ । संयोजक पराजुलीले सो मेलामा संस्कृति संरक्षण गर्ने उद्देश्य सहित भजन प्रतियोगिता, बाजा प्रतियोगिता, रत्यौली प्रतियोगिता तथा दुना टपरी गाँस्ने प्रतियोगिता समावेश गरिएको जानकारी दिए ।त्यसैगरी महोत्सवमा बाल नृत्य प्रतियोगिता समेत आयोजना गरिएको छ । । महोत्सवमा आयोजना हुने भजन, बाजा तथा रत्यौली प्रतियोगिताका विजेता समुहले प्रमाणपत्र तथा मेडल सहित नगद रु ३० हजार प्राप्त गर्नेछ । त्यसैगरी दोस्रो, तेस्रो र सान्त्वना स्थान हाँसिल गर्ने समुहले मेडल तथा प्रमाणपत्र सहित क्रमश २० हजार, १० हजार र ५ हजार हात पार्नेछ ।

संयोजक पराजुलीले बाल नृत्य तर्फ विजेताले मेडल तथा प्रमाणपत्र सहित ३ हजार प्राप्त गर्ने जानकारी दिए । पराजुलीका अनुसार द्वित्तिय, तृतीय र सान्त्वना स्थान हाँसिल गर्नेले मेडल तथा प्रमाणपत्र सहित क्रमश २ हजार, १ हजार र ५ सय प्राप्त गर्नेछन् ।महोत्सवमा विभिन्न प्रतियोगितासँगै साँँँँँँँँँँँँस्कृकि विशेष आकर्षणहरु समेत समावेश गरिएको पराजुलीले बताए ।

‘हामीले प्रतियोगिता मात्रै नभएर लोक संस्कृति संरक्षण गर्ने उद्देश्य सहित विभिन्न ख्याती प्राप्त कलाकारहरुलाई पनि निम्ताएका छौ, उनले भने, योसँगै हाम्रो मौलिकतासँग जोडिएको लठ्ठे पिङ, रोटे पिङको पनि व्यवस्था गरेका छौ ।’उनका अनुसार सांस्कृतिक कार्यक्रम तर्फ प्रजापति पराजुली, जीवन दाहाल, पोखरेली माग्ने बुढा, तारापती सुवेदी, सरला पाण्डे, शिवहरी ढुङ्गाना लगायतको बेजोड प्रस्तुती रहने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...