पोखरा, पुस ५ गते ।पोखराका विश्वास राज पौडेल त्रिभुवन विश्वविद्यालय अन्तर्गत एम फिल तहमा सर्वोत्कृष्ट भएका छन् । व्यवस्थापन संकायका विद्यार्थी पौडेल २०७६ सालको एम फिल तहको परिक्षामा ३.९६ जीपीए ल्याएर सवोत्कृष्ट भएका थिए । काठमाण्डौमा सोमवार सम्पन्न त्रिविको ४७ औँ दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ शहीद उप–प्राध्यापक हरिराज अधिकारी स्वर्ण पदकबाट उनि विभुषित भए ।
दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई सो स्वर्ण पदक प्रदान गरेका थिए । प्रधानमन्त्रीले समारोहमा पौडेल सगै अन्य २७ जना विद्याथीहरुलाई विभिन्न पदक प्रदान गरेका थिए । पोखरा महानगरपालिका वडा नम्वर २५ हेम्जा मिलनचोक स्थित साउथरका स्थानिय बासि ३४ वर्षका उनि पिता स्व गोविन्द पौडेल र माता मन पौडेलका कान्छा सुपुत्र हुन । पोखरा १ स्थित राष्ट्रिय उच्च माविबाट एसएलसी उत्तीर्ण पौडेलले पोखराको पोखरा कलेज अफ म्यानेजमेन्टबाट बिविए र काठमाण्डै पुरानो बानेस्वर स्थित एपेक्स कलेजबाट एमबिए उत्तिण गरेका थिए ।
कर्ममा विश्वास गर्ने मेहनती स्वभावका पौडेल हाल पोखरा स्थित जनप्रिय बहुमुखी क्याम्पसमा एमबिए कार्यक्रम संयोजक छन् ।एमबिए अध्ययन सकेर पोखरा आएका पौडेल पोखराका विभिन्न कलेज हुदै विगत चार वर्षदेखी जनाप्रियमा आबद्ध रहदै प्राध्यापन पेशामा संम्लग रहदै आएका छन् । पोखरामा प्राध्यापन गदै गरेका उनले अध्ययापन सगै आफनो अध्ययनलाई समेत अघी बढाए । मेहनतको फल मिठो हुन्छ भनेझै उनले नसेचेको नतिजा समेत हात पारे ।
पदक पाएपछि पौडेलले भने म फलको आशा गर्दीन तर कर्ममा भने विश्वास गर्छु, आफुले जे काम गर्न लागेको हो त्यसमा दृढ भएर लागे सफलता हात पर्ने उनको अनुभव छ । आफनो अध्ययन यतीमा मात्र सिमित गर्ने पक्षमा छैन्न, अध्यय्न गर्न अझै बाकी रहेको उनि बताउछन् । उनि समयले साथ दिए केही वर्षमा पिएचडी गर्ने सोचमा छन् । बालयकालमै तीन वर्षको हुदा आफनो बुबा गुमाएका उनले बुबाको माया कस्तो हुन्छ भन्ने स्मरण हुने गरि अनुभव गर्न भने पाएन्न । आफनो सफताको सम्पुर्ण श्रेय स्व पितालाई दिन चाहनछन् उनि । मेरो बुबा समेत शिक्षक हुनुहन्थ्या मैले पिताको माया कस्तो हुन्छ भनेर स्मरण हुने गरि अनुभव गर्न त पाईन तर उहाँको आर्दशलाई पछयाउने क्रममा यो सफलता हात लागेको हो ।
अबको देशको आवश्यकता रोजगारीमुलक शिक्षा रहेको भन्दै आउदा दिनमा आफुले शिक्षा क्षेत्रमा काम गर्ने पौडेल बताउछन् । आफुले गर्न लागेको काममा मेहनत साथ लाग्दा सफलता हात लाग्ने उनको अनुभव छ । अवको देशको आवश्यकता प्रापिधिक र जोजगारीमुलक शिक्षा हुनुपर्ने भनाई उनको छ । अव पढ्नको लागि पढ्न भन्दा पनि रोजगारीको लागि पढ्ने शिक्षा आवश्यक रहेकोमा उनको जोड छ ।