बैदाम समाजमा फेरि ज्याक तामाङ

पोखरा, पुस ५ गते ।बैदाम तामाङ सेवा समाजको दशौं बार्षिक साधारण सभा तथा छैंठौं अधिबेशनले पुनः ज्याक तामाङको अध्यक्षतामा नयाँ कार्यसमिती निर्वाचित गरेको छ ।


१५ सदस्यिय कार्यसमितीमा सरस्वती तामाङ उपाध्यक्ष, निमा तामाङ सचिव, लक्ष्मण तामाङ सहसचिब, कविता योञ्जन कोषाध्यक्षमा निर्वाचित भएका छन् । यसैगरि सदस्यहरुमा टेकबहादुर तामाङ, खड्क बहादुर तामाङ, बंगेल लामा, नम्रता तामाङ, सन बहादुर तामाङ, बम बहादुर तामाङ, निरक तामाङ, धवा तामाङ, रजनी तामाङ, कृष्णबहादुर बोल निर्वाचित भए ।

कार्यक्रमका प्रमुख अतिथी धनबहादुर तामाङले वितेको १० वर्षमा बैदाम तामाङ सेवा समाजले विशेष पहिचान बनाएको बताउनुभयो । समाजका अध्यक्ष ज्याक तामाङले सबैको सहयोगले नै समाजले समुदायको हितका लागि काम गर्न सकेको बताउनुभयो । उहाँले युवाहरुलाई सक्षम बनाई देश सेवामा परिचालन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा समाजका उपाध्यक्ष जयन्ती मोक्तानले स्वागत तथा सचिब निमा तामाङले सञ्चालन गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...