पोखरा, पुस ५ गते । म्याग्दीमा स्काभेटर सहित मानिस पुरिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक रघुगंगा २ भगवती बस्ने वर्ष अन्दाजी २८ वर्षीय भीमबहादुर खत्रीको पुरिएर मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखाराले जनाएको छ ।
म्याग्दी रघुगंगा गाउँपालिका–४ दग्नाम कुमा खोल्सा स्थितमा नँया बन्दै गरेको हाई हिमालयन टुण्डी माथिल्ल्लो राहुघाट जलबिद्युत आयोजनामा ड्यामको काम गर्दै गर्दा माथी बाट ढुङा माटो सहितको ढिस्को खस्न गई स्काईभेटर पुरिएको थियो ।
घटनास्थलमा प्रहरी टोलीले पुगेर उद्दार तथा घटनाको विषयमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।