पोखरा ।सिताके च्याउ खेती सम्बन्धी प्रविधि , उत्पादन, बजारीकरण , महत्व तथा यसका परिकार सम्बन्धी जानकारीमुलक कार्यक्रम पोखरामा सम्पन्न भएको छ । गोर्खा वारपाकमा रहेको एस.जी हिमालयन हर्बल तथा अर्गानिक फार्मको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि,सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिब डा.हरि बहादुर केसीले सिताके च्याउ स्वास्थ्यका लागि लाभदायी व्यवसायका लागि फलदायी भएको बताए ।
उनले सिताके च्याउँ उत्पादन गर्ने किसानहरु सगँ सहकार्य गर्न गण्डकी प्रदेश सरकार तयार रहेको बताए । अन्य च्याउ भन्दा सिताके च्याउ उत्पादन गर्न प्रविधिक एवम आर्थिक हिसाबले पनि महगो पर्ने भएकाले पनि स्वभाविक रुपमा यसको मुल्य अरु च्याउको तुलनामा महंगो पर्ने बताए । सिताके च्याउ उत्पादन गर्न उत्तिस ,कटुस ,ओखर ,लाकुरी लगाएतका काठका मुढा आवश्यक पर्ने भएकाले प्रदेश सरकार सामुदायिक वनसगँ सहकार्य गरेर यसको व्यवस्थापनमा लागि पने सोचमा रहेको बताए ।
एस.जी हिमालयन हर्बल तथा अर्गानिक फार्मका संचालक शितल गुरुङले सिताके च्याउ खेति गर्न चहाने किसानलाई आफुले सकेको सहयोग गर्न तयार रहेको बताए । सिताके च्याउमा प्रचुर मात्रमा प्रोटिन , आइरन , भिटामिन बि , डी , जिन्क , पोटासियम लगाएतका पौष्टिक त्तत्व रहने भएकाले क्यान्सर , मधुमेह , उच्च रक्तचाप जस्ता रोग भएकालाई समेत फाइदा पुग्ने उनले बताए । कार्यक्रममा सहभागी अतिथि तथा पत्रकारहरुलाई सिताके च्याउकै सुप , पकौडा , च्याउ चिल्ली लगाएतका परिकारको चखाइएको थियो ।नेपालमा ८ सय मिटर देखि २ हजार ५ सय मिटरसम्म लगाउन सकिने यो च्याउको बजार मुल्य अहिले प्रति केजी ६ सय देखि १ हजार सम्म रहेको छ ।