लायन्सको दशौं महाधिवेशन पोखरामा हुने

कास्की, पुस ६ गते । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको दशौं महाधिवेशन पोखरामा हुने भएको छ । महाधिवेशन तयारीका लागि लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष डम्बर सिं गुरुङ संयोजक रहले गरी ९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिको सह–संयोजकमा लायन्स क्लब अफ पोखरा सेती गण्डकीका पूर्व अध्यक्ष मिलन थापा, लायन्स क्लब अफ हेम्जाका पूर्व अध्यक्ष मोतिराज तिमिल्सीना र लायन्स क्लब अफ पोखरा गण्डकीका पूर्व अध्यक्ष पुजन शाक्य रहेका छन् ।


त्यस्तै सदस्य सचिवमा लायन्स क्लब अफ पोखरा लेखनाथ मधुसुदन कोईराला, कोषाध्यक्षमा लायन्स क्लब अफ पोखरा यूनाईटेड चौतारीका पूर्व अध्यक्ष राजु श्रेष्ठ रहेका छन् । सदस्यहरुमा पोखरा सृजना चौतारीका संस्थापक अध्यक्ष बालकृष्ण बराल, पोखरा स्टकका संस्थापक अध्यक्ष नारायणहरी भण्डारी र पोखरा फेवा फुलवारीका संस्थापक अध्यक्ष शंकर बहादुर जी रहेका छन् । साथै, सल्लाहाकारमा पोखरा गण्डकीका पूर्व अध्यक्ष विमला श्रेष्ठ र पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष सोनाम स्याङपो रहेका छन् ।

 

महाधिबेशन माघ २९ गते पोखरा नयाँ बजार स्थित पर्दशनी केन्द्रमा हुने आयोजकले जनाएको छ ।महाधिवेशन सफल पार्न विभिन्न ४९ वटा विभिन्न उपसमितिहरु बनाइएको छ ।पर्यटकीय नगरी पोखरामा हुने लायन्सको महाधिवेशनले पोखरा क्षेत्रको पर्यटन प्रवद्र्धनमा प्रत्यक्ष योगदान पुग्ने मूल आयोजक समितिका संयोजक डम्बर सिं गुरुङले जानकारी दिए । देशभरबाट लायन्स सदस्यहरु पोखरा आउने हुँदा महाधिवेशनले पर्यटन क्षेत्रमा प्रत्यक्ष योगदान पु¥याउने छ, र पोखरा महाधिवेशनलाई सकेसम्म राम्रो र व्यवस्थित बनाइने उनले बताए ।

 

हाल नेपालमा कायम रहेका ४ वटा डिष्ट्रिक्टमा सन् २०२२ पछि १५ वटा डिष्ट्रिक्ट हुनेछन् । मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालमा ए वान, ए टु, बि वान र बि टु कायम रहेका थिए । यस दशौं महाधिवेशनबाट डिष्ट्रिक्ट ३२५ बि १ नेपालमा ५ वटा डिष्ट्रिक्ट हुनेछन् । जस्मा डिष्ट्रिक्ट ३२५ आई, जे, के, एल र एम हुने दशौं महाधिवेशनका मूल आयोजक समितिका सदस्य–सचिव मधुसुदन कोईरालाले जानकारी गराए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...