पोखरा, पुस ७ गते ।गण्डकी प्रदेश सरकारका अर्थ—मन्त्री रामजी प्रसाद बराल जीवनले तीन तहका सरकार बिच आरोप र प्रत्यारोपले संघियता बिरोधीलाई वल पुग्ने बताउनु भएको छ । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले बुधबार पोखरामा आयोजना गरेको संघीय सरकारले प्रदेश तथा स्थानीय तहलाई र प्रदेशले स्थानिय तहलाई उपलब्ध गराउनुपर्ने अनुदानको सिफारिस सम्बन्धि अन्तरक्र्रिया कार्यक्रममा वोल्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो ।
संघियता अभ्यासको क्रममा भएको हँुदा पहिलो कार्यकालको अनुभवले देखिएका राम्रो पक्षलाई लागु गर्दै जाने नकरात्मक पक्षलाई भने निरुत्साहित गर्नुपर्ने अबस्था रहेको मन्त्री बरालको भनाई छ । संघियता अझै अभ्यासको क्रममा रहेकोले तीन तहका सरकार बिच आरोप र प्रत्यारोप गर्न लागे संघियता बिरोद्धीलाई मलजल पुग्ने उहाँको भनाई थियो ।
केन्द्रिकृत मानसिकताको कारण साना योजना सवै तहमा समावेस हुने गरेको मन्त्री बरालले दाबी गर्नु भयो । वित्त सम्बन्धिको सुत्र व्यवहारिक नभएको समेत उहाँले बताउनु भयो । समानीकरण विक्त तर्फ बढी केन्द्रित हुनुपर्ने बताउदै मन्त्री बरालले विक्त समानीकरण र शसर्तमा बढी जोड दिनुपर्ने जनाउनु भयो । बिषेश र समपुरक त्यती धेरै आवश्यक नहुने उहाँको भनाई थियो । वित्त विज्ञ सोमलाल सुवेदी, केदार बहादुर अधिकारीले कार्यपत्र प्रस्तुतः गर्नु भएको थियो ।