काठमाडौं । इसाई धर्मावलम्बीले आज विश्वभर क्रिसमस डे मनाउँदै छन् । धर्मका प्रवद्र्धक जिजस क्राइस्ट (येशू क्रिस्ट)को जन्मदिन अवसरमा मनाइने क्रिसमस डे उक्त धर्मको सबैभन्दा ठूलो पर्व हो ।
येशू क्रिस्टले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा उक्त समुदायले आजको दिनलाई भव्य रुपमा मनाउने गर्छन्।आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु क्रिस्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो।