जोर्जजोनलाई १ लाख ११ हजार १११ रुपैयासहित तमुधीले सम्मान गर्ने

पोखरा, पुस १० गते ।तमु जातिको नयाँ वर्ष, महान चाड तमु ल्होछार(तो ल्हो)–२०७८ को अवसरमा तमु धिमा विभिन्न व्यक्तित्वहरु सम्मानित, पुरस्कृत र विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिने भएको छ। तमु धिं नेपालको शुक्रवार सम्पन्न बैठकले विभिन्न छनौट समितिको सिफारिस अनुसार सम्मानित, पुरस्कृत व्यक्तित्वहरुको निर्णय गरिएको हो।

तो ल्हो आगमनको अवसरमा पुस १४ गते पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा गण्डकी प्रदेशका प्रमुख माननीय पृथ्वीमान गुरुङको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा शिक्षाविद, वरिष्ठ समाजसेवी पृथ्वीनारायण क्याम्पसका पुर्व क्याम्पस प्रमुख, राजसभा स्थायी समिति सदस्य, तमु धिं नेपालका सल्लाहकार संयोजक स्व.गणेशबहादुर गुरुङको स्मृतिमा परिवारद्धारा स्थापित र तमु धिं नेपालद्धारा संचालन हुने शिक्षाविद्, बरिष्ठ समाजसेवी गणेश बहादुर गुरुङ स्मृतिकोषबाट पहिलो पटक यस क्षेत्रको शैक्षिक धरोहर, वरिष्ठ शिक्षासेवी, पृथ्वी नारायण क्याम्पसका संस्थापक प्रमुख जोर्ज जोनलाई १ लाख ११ हजार १११ रुपैयासहित सम्मान अर्पण गरिने भएको छ। कोषबाट सम्मानित व्यक्तित्व छनौट समितिमा संरक्षक समिर गुरुङ, सदस्यहरु शिक्षासेवी महेन्द्र गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, महासचिव जुनाकुमारी गुरुङ, कोषाध्यक्ष गमबहादुर गुरुङ रहनु भएको थियो। शैक्षिक एवम सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्व सम्मानका लागि स्वर्गीय गुरुङको परिवारले २० लाख रुपैयाको अक्षयकोष स्थापना गरेको छ।

 

यसरी नै तमु आदिकवि हर्कबहादुर गुरुङ स्मृतिकोषबाट समाजसेवा तर्फ समाजसेवी रुद्रकुमारी गुरुङ मैना, साहित्यतर्फ काठमाण्डौंकी उमा गुरुङ, विदेशमा रहनु भई समाजसेवी व्यक्तित्व इशा गुरुङ(युके), साहित्यतर्फ केहरसिंह गुरुङ(क्यानडा)लाई सम्मान गरिने भएको छ।

 

यस्तै गरी तमु कर्णेल तिर्थकुमारी गुरुङ समाजसेवा पुरस्कारबाट समाजसेवी मेजर लक्ष्मीप्रसाद गुरुङ, सन्तबहादुर गुरुङ स्मृति समाजसेवा पुरस्कारबाट युवा समाजसेवी गोपाल गुरुङ, स्व.घनबहादुर लामिछाने साहित्यिक पुरस्कारबाट साहित्यकार तेजबहादुर चाक्ली तमु, डा.हर्क–डा.चन्द्र–प्रा.सन्त गुरुङ शैक्षिक एवम समाजसेवा पुरस्कार समाजसेवी देवीराज गुरुङ पुरस्कृत एवम सम्मानित हुनुहुने भएको छ।

 

यस्तै गरी सुनिल गुरुङ स्मृति छात्रवृत्ति शान्ति रुपा बराहथोक तमु समाजकी स्नेह गुरुङ, भुलभुला तमु समाजका सुशिल गुरुङ र हल्जेभाई तमु समाजका आयुष गुरुङलाई प्रदान गरिने भएको छ भने आकृति स्मृति अक्षयकोषबाट खिलाङ गुरुङ समाजकी लिला गुरुङ, चिउली पार्चे तमु समाज सिक्लेसकी दुर्गा गुरुङ र चारभञ्ज्याङ तमु समाज पर्वत भँगराकी बिन्ती गुरुङलाई गरिब तथा जेहेन्दार छात्रवृत्ति प्रदान गरिने निर्णय भएको तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिनुभयो।

 

तमु ल्होछार मनाउने क्रममा तमु धिं नेपालमा पुस १० गते तमु कलाकार संघ गण्डकीले शुभकामना आदान प्रदानसहित तमु राष्ट्रिय कलाकार एवम चर्चित कलाकारहरुको विशेष प्रस्तुति हुने रोधी साँझ, पुस १२ गते तमु युवा भेला, प्रशिक्षण र तारा खेल मैदान शिलन्यास कार्यक्रम, पुस १४ गते शुभकामना आदानप्रदानसहित सम्मान,पुरस्कृत एव विशेष साँस्कृतिक कार्यक्रम, पुस १५ र १६ गते सामुहिक ल्होछार÷ल्होसार कार्यक्रम हुने संयोजक सुरेन्द्र गुरुङले बताउनुभया

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...