पोखरा, पुस ११ गते ।पृथ्वीनारायण क्याम्पस इतिहास तथा सँस्कृति विभागका पूर्व विभागीय प्रमुख प्राडा.ज्ञानबहादुर कार्कीको बिदाई गरिएको छ । त्रिभुवन विश्वविद्यालयबाट असारमै सेवा निवृत्त भए पनि कोराना भाइरसका कारण कार्कीको शनिबार पृथ्वीनारायण क्याम्सपमा औपचारिक कार्यक्रम गरि बिदाई गरिएको हो ।
पृथ्वीनारायण क्याम्पस इतिहास तथा सँस्कृति विभागले गरेको बिदाई कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख प्रा.डा.सरोज कोइराला, पूर्व क्याम्पस प्रमुख प्राडा.दिलबहादुर क्षेत्री,प्राडा. चन्द्रबहादुर थापा, सहप्राध्यापक वसन्त पराजुलीले प्राडा.कार्कीको सेवानिवृत्त जीवन सुखमय रहोस् भन्दै शुभकामना दिएका थिए ।
बिदाई भएर जाने इतिहास तथा सँस्कृति विभागका पूर्व प्रमुख प्राडा. ज्ञानबहादुर कार्की लामो समय सेवका गरेको संस्थाबाट बिदाई हुँदा नरमाइलो लागे पनि यो नियमित प्रक्रिया भएको बताए ।
इतिहास तथा सँस्कृति विभागका प्रमुख सहप्राध्यापक डा.राधा भण्डारीको अध्यक्षता र उपप्राध्यापक नारायण ढकालले संचालन गरेको बिदाई कार्यक्रममा इतिहास तथा सँस्कृति विभागका पूर्व विभागीय प्रमुखहरु, उपप्राध्यापक, सहप्राध्यापक, प्राध्यापक, स्नातकोत्तर तहमा इतिहास विषयका विद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो ।