पोखरा, पुस १४ गते । गए रातिदेखि लगातार परेको पानीका कारण जनजीवन प्रभावित भएको छ ।गण्डकी प्रदेशका हिमाली जिल्लाका उच्च भागमा हिमपात भएको छ भने कास्की लगायत अन्य पहाडी जिल्लामा पानी परेका कारण आज चिसो अत्याधिक बढेको छ ।
जाडोका कारण जनजीवन कष्टकर समेत भएको छ । पोखरामा चिसोका कारण आवतजावतमा कम भएको छ । नियमित पानी परेपछि यातायात सेवासमेत प्रभावित भएको छ । अघिल्ला दिनभन्दा कम सवारी साधन चलेका छन् ।