काठमाडौं,पुस १४ गते । तमु समुदायको सांस्कृतिक पर्व ल्होसारको अवसरमा सरकारले सार्वजनीक विदा घोषणा गरेको छ । संघीय सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको गृह मन्त्रालयले एक सूचना जारी गरी जनाएको छ । विगतमा गण्डकी प्रदेश सरकारले विदा दिने निर्णय गदै आएको थियो यस वर्ष संघीय सरकारले देशभरनै सार्वजनीक विदा घोषणा गरेको हो ।
सरकारको निर्णयअनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा हुने छ ।