एमाले कास्कीको अधिवेशनको तयारी तिव्र, विभिन्न उपसमिति गठन

पोखरा, पुस १६ गते ।नेकपा एमालेको दशौँ जिल्ला अधिवेशन पुस २३ देखि २५ गतेसम्म पोखारमा आयोजना हुने भएको छ । पोखरा सभागृहमा अधिवेशन आयोजना गर्ने गरी एमाले कास्कीले तयारी तिव्र पारेको छ । एमालेले अधिवेशन भब्य र सभ्य रुपमा सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ ।

बिहिबार बसेको ४० औ जिल्ला कमिटि बैठकले संगठनीक, राजनीतिक र आर्थिक प्रतिवेदन लेखन समिति, प्रतिनिधि व्यवस्थापन समिति, प्रचारप्रसार समिति, स्वयमसेवक समिति, आर्थिक व्यवस्थापन समिति, खाजा खाना व्यवस्थापन समिति, अतिथिसत्कार समिति, मञ्च व्यवस्थापन समिति गठन गरेको छ ।

 

राजनीतिक प्रतिवेदन लेखन र प्रतिनिधि व्यवस्थापन संयोजकमा कार्यबाहक अध्यक्ष मनबहादुर गुरुंग, संगठनात्मक प्रतिवेदन लेखन संयोजकमा सचिव दामोदर बैरागी, आर्थिक व्यवस्थापन समिति संयोजकमा आरपी खनाल, मञ्च व्यवस्थापन सयोजकमा युवराज पौडेल, प्रचार प्रसार संयोजकमा तेजनारायण अधिकारी,स्वयमसेवक संयोजकमा दर्शन लामा, सांस्कृतिक संयोजकमा मनकुमार श्रेष्ठ, अतिथिसत्कार संयोजकमा उपसचिव प्रभा कोइराला,स्वास्थ्य संयोजकमा मोहन सुनारलाई चयन गरेको छ ।

 

एमाले कास्कीका कार्यबाहक अध्यक्ष मनबाहदुर गुरुंगको अध्यक्षतामा बसेको बैठकले अधिवेशनका लागि निर्वाचन कमिटि समेत गठन गरेको छ भने बैठकले प्रतिनिधि छनोट मापदण्ड समेत पारित गरेको छ ।अधिवेशनका लागि कास्कीमा पुस १८ गते आइतबार प्रतिनिधि छनोट गर्ने निर्णय समेत गरेको छ । कास्कीका पाँच पालिका, ७२ वटै वडा,२० वटा जनवर्गिय संगठन, बृद्धिजीवि इलाका, विद्यार्थी इलाका, मजदुर लगायत विशेष क्षेत्रबाट एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय बैठकले गरेको छ ।

 

बैठकमा एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीले तिनवटै निर्वाचनमा एमालेलाई जिताउन एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले सर्वसम्मत नेतृत्व चयन गरेर जानुपर्नेमा जोड दिनुभयो । उहाँले एमालेमा आकर्षण बढेको बताउदै मोर्चा र गठबन्धन खारेज हुने दावी गर्नुभयो । नयाँ परिस्थिति बन्ने र मोर्चा र गठबन्धन खारेज हुने दावी गर्नुभयो । बैठकमा एमाले पोलिटब्यूरो सदस्यद्धय जगत विश्वकर्मा, सिता गिरी र केन्दीय सदस्य एवं कास्की इन्चार्ज भिम कार्की लगायतले भनाई राख्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...