पोखरा, पुस १६ गते । गृहमन्त्री बालकृष्ण खाँणले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास गर्ने दाबी गर्नुभएको छ । नेपाल सरकारले नै प्रस्ताव गरेको परियोजना भएकाले यसलाई पास गरेर जानुको विकल्प नभएको उहाँले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमसीसी कुनै सैन्य परियोजना नभएको समेत दावी गर्नुभयो । नेपालको भौतिक विकासका लागि नै हो । जलविद्युतको ट्रान्समिसन र सडक विस्तारका लागि नै यो परियोजना आएको हो,’ उहाँले भन्नुभयो, ‘यसको रकम हामीले तिर्नुपर्ने छैन, अनुदान हो । नेपालीले यसको सदुपयोग गर्नुपर्दछ । त्यसैले यो अघि बढ्नुपर्छ ।’
एमसीसी पास गर्न सबै पार्टीको सहमति हुने विश्वास ब्यक्त गर्नुभयो । एमसीसी सहमतिकै आधारमा पास हुन्छ, त्यो सरकारले विश्वास लिएको छ । उहाँले पोखराको पर्यटकीय क्षेत्र लेकसाईडलाई २४ सै घण्टा खुल्ला गर्नुपर्नेमा जोड दिदै लेकसाइड क्षेत्र २४सैं घन्टा खुला गर्ने दावी समेत गर्नुभयो ।
उहाँले तीन तहका निर्वाचन तोकिएकै मितिमा हुने बताउनुभयो । सबै निर्वाचनहरू समयमै सम्पन्न हुन्छन् । सरकारले शान्ति सुरक्षाका लागि तयारी गरिरहेको बताउनुभयो ।