ब्राउन सुगर सहित पोखराबाट ४ जना पक्राउ

पोखरा, पुस १६ गते ।पोखराबाट अवैध लागुऔषध सहित ४ जना पक्राउ परेका छन् । पोखार महानगरपालिका वडा नम्वर ८ जाल्पारोडबाट अवैध लागू औषध ब्राउन सुगरको खरिद बिक्री,कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजार बस्ने वर्ष ३२ को लाहुरे भन्ने आशिष राना, पोखरा वडा नं. २१ घर भई हाल छोरेपाटन बस्ने वर्ष ३९ को ध्रुब बहादुर थापा, कास्की रुपागाउँपालिका वडा नं ७ घर भई हाल महानगरपालिका वडा नं १ बगर बस्ने वर्ष ३० को बिक्की भन्ने नबिन कुमार गुरुङ र स्याङ्जा भिरकोट नगरपालिका वडा नं ६ घर भई हाल पोखरा सभागृह बस्ने वर्ष २२ की सुस्मिता गुरुङ रहेका छन् ।

 

उनीहरुको शरीर तलासीलिँदा बिक्की भन्ने नबिन कुमार गुरुङको साथबाट लागूऔषध ब्राउनसुगर ०.५१ ग्राम फेला परेकोले र सोधपुछ एवं अनुसन्धान पश्चात। वडा न.८ सभागृह स्थितमा रहेको सुस्मिता गुरुङको कोठा भित्र लुकाई छिपाइ सञ्चय गरी राखेको अवस्थामा लागू औषध ब्राउनसुगर १२.५० ग्राम फेला पारेको प्रहरीले जनाएको छ ।

 

त्यस्तै १३.०१ ग्राम ब्राउनसुगर, डिजटल तराजु १ थान, नगद ३८,३५० रुपैयाँ, मोवाईल सेट ५ थान, र ग २१ प ३३२३ नम्बरको स्कुटर १ थान समेत बरामद गरेको छ । पक्राउ परेका सबैलाई लागुऔषध सम्बन्धी मुद्दामा ी जिल्ला अदालतबाट आठ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएको जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...