पोखरा महानगरपालिका वडा नम्वर २० मा वडास्तरीय युवा परिषद गठन भएको छ । शुक्रबार सम्पन्न युवाहरुको भेलाबाट सुनिल आचार्यको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो ।
उपाध्यक्षमा ईश्वर गुरुङ,सचिवमा प्रेम अधिकारी, उपसचिवमा सुरज राना र कोषाध्यक्ष रोजि बास्तोलालाई सर्वसम्मत चयन गरेको हो । समितिको सदस्यहरुमा तेजप्रसाद गुरुङ, यमप्रसाद गुरुङ, सुजल बास्तोला, सुनिता परियार, सोम परियार र मिलन केसी रहेका छन् । वडा स्तरीय युवा परिषद १५ सदस्यीय हुने व्यवस्था रहेपनि चार सदस्य पछि मनोनित गरिने भएको छ ।
कार्यक्रममा वडा नम्वर २० का अध्यक्ष सिमबहादुर गुरुङ युवाहप्रति समाजले हेर्ने दृष्टिकोण नकरात्मक रहेको बताउदै अव त्यसलाई परिर्वतन गदै ब्यवसायीक बनाउनुपर्नेमा जोड दिनुभयो । अव युवाहरु सृजनात्म र उत्पादनशील क्षेत्रमा लाग्नुपर्ने बताउदै राजनीतिक दलहरुले आफनो स्वार्थका लागि प्रयोग मात्रै गर्ने गरेले महानगरले युवाहरुलाई स्वरोजगार बनाउदै उत्पादनसंग जोडने योजना अनुसार परिषद् गठन गरेको बताउनुभयो ।
युवाहरु समाज परिर्वतनको सम्वाहक बन्नुपर्नेमा जोड दिदै सकरात्मक भएर राम्रा कामको सिको गदै जीवन परिवर्तनमा लाग्नुपर्ने बताउनुभयो । युवा संघका केन्द्रीय सचिव महेन्द्र गुरुङ ले सक्षम युवाहरुले समाज र देशको नेतृत्व गर्नुपर्ने बताउनुभयो । युवाको मुद्दामा केन्द्रित रहेर काम गर्ने योजना सहित युवा परिषद गठनलाई स्थानीय सरकारले वडा तहसम्म कार्यक्रम ल्याएको बताउनुभयो । युवाहरुले समाज परिर्वतनसंगै राष्ट निर्माणमा भुमिका खेल्न खेल्नुपर्नेमा जोड दिनुभयो ।
महानगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष हरिबोल गौतमले नगर युवा परिषद् गठन बारेमा चर्चा गदै युवालाई राज्यको मुल प्रवाहमा समावेश गर्दै राज्यको नीति निर्माणमा सहभागी गराउने उदेश्य युवा परिषद्को रहेको बताउनुभयो ।नगरभित्र रहेका युवालाई नीति र नेतृत्वमा सहभागी बनाउने उद्देश्य रहेको बताउनुभयो । युवाहरुलाई जागरुक बनाउने हो बताउदै युवा सृनात्मक, रचनात्मक तथा सकरात्मक सोचका साथ अगाडी बढनुपर्नेमा उपाध्यक्ष गौतमले जोड दिनुभयो । युवा परिषदका महागनर सदस्य उत्तम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा सचिव लक्षमण शर्माले बोल्नुभएको थियो ।