गण्डकी प्रदेशका सुचना, संचार तथा प्रदेश मामिला मन्त्री मा. बिन्दुकुमार थापा, शिक्षा, संस्कृति, बिज्ञान तथा सामाजिक बिकास मन्त्री मा. मेखलाल श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मा. राजिव गुरुङ, गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री मा. पृथ्वी सुब्बा गुरुङ्ग, गण्डकी प्रदेशका प्रहरी प्रमुख दिवेश लोहनी, प्रमुख जिल्ला अधिकारी कास्कीका प्रमुख जय नारायण आचार्य, सहायक प्रमुख कृष्णचन्द्र पौडेल तथा अनिल कुमार शाही, उप अनुसन्धान निर्देशक मनोज ढकाल, पुर्व राष्ट्रिय खेलाडी उपेन्द्रमान सिंह, रेवान पोखराका अध्यक्ष लक्ष्मण वराल, टानका निवर्तमान अध्यक्ष हरि भुजेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी लगायत लाई नेपाली टोपी लगाएको थियो। त्यस्तै अंग्रेजी नयाँ वर्ष मनाउन पोखरा आएका अन्तर्राष्ट्रिय पर्यटक हरुलाई पनि नेपाली टोपी लगाउदै नेपाली मौलिक संस्कृतिबारे जानकारी गराएको थियो।ढाका टोपी नेपाली पहिचान हो। नेपाल भाषामा काँचो धागोलाई कचिका भनिन्छ । महिलाले कपाल बाट्दा लगाउने अलंकारिक धागोलाई सचिका भनिन्छ। म्हपुजा र भाइटीका गर्दा लगाउने काँचो धागोको एक किसिमको मालालाई जजंका भनिन्छ । त्यसैगरी कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ जसलाई खसभाषामा ढाका टोपी भन्ने गरिएको हो ।