राजश्व चुहावट नियन्त्रण तथा VCTS सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

राजश्व अनुसन्धान विभागको आयोजना एवं पोखरा उद्योग वाणिज्य संघको समन्वयमा शुक्रवार पोखरामा आयोजित राजश्व चुहावट नियन्त्रण तथा VCTS सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारका मुख्य सचिव श्री रविलाल पन्थको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा मुख्य सचिव पन्थले ब्यवसाय सुचारु गर्न नीतिगत र कानुनी प्रक्रियालाई अझ सवल बनाई सहजीकरण गर्न अन्तरक्रिया र छलफल आवश्यक भएको र सबैले चाहेको स्वच्छ ब्यापारको लागि राजश्व चुहावटको संबेदनशीलता बुझेर अगाडी बढ्नु पर्ने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य, आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख रमेश शर्माले पोखरामा राजश्व चुहावट हुन नदिन सबै लाग्नु पर्ने तर्फ जोड दिएका थिए ।

विभागका निर्देशक श्री कृष्ण प्रसाद पाण्डेले राजश्व अनुसन्धान विभागले गरेका काम र राजश्व चुहावट नियन्त्रण सम्बन्धि बिषयमा छलफल हुने कार्यक्रममा उपस्थित महानुभावहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा पहिलो कार्य पत्र प्रस्तुत गर्दै निर्देशक मुक्तिराम अर्यालले विभागको कार्य, राजश्व अनुसन्धानमा तथा तहकिकात प्रक्रिया, दण्ड जरिवाना सम्बन्धि प्रावधान, बिदेशी विनिमय अपचलनका प्रवृति साथै विभागका चुनौतीका बारेमा प्रकाश परेका थिए भने दोस्रो कार्यपत्रमा VCTS को बारेमा संक्षिप्त जानकारी, VCTS जडान गर्नुका फाइदा र व्यवसायीलाई हुने कार्य सम्पादनको सहजता र पारदर्शिताको जानकारी कार्यपत्र मार्फत विभागका निर्देशक श्री पवन बस्नेतले जानकारी दिए । कार्यक्रममा गण्डकी प्रदेशका मुख्य सचिव पन्थले ब्यवसाय सुचारु गर्न नीतिगत र कानुनी प्रक्रियालाई अझ सवल बनाई सहजीकरण गर्न अन्तरक्रिया र छलफल आवश्यक भएको र सबैले चाहेको स्वच्छ ब्यापारको लागि राजश्व चुहावटको संबेदनशीलता बुझेर अगाडी बढ्नु पर्ने बताए ।

कार्यक्रममा हस्तकला संघका सचिव बुद्धि पुर्जाले शिक्षा र स्वास्थ्य निशुल्क भए राजश्व चुहावट कम हुने बताए । लेखनाथ उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य बिक्रम कर्माचार्यले भन्सार छलिएर आउने व्यवसायीलाई मातहतमा राखे पारदर्शी राजश्व संकलन हुने बताए । पोखरा चेम्बर अफ कमर्सका महासचिव नवराज आचार्यले समय सापेक्ष रुपमा नीतिलाई अझै बृहत र सुधारतर्फ अगाडी बढ्नु पर्ने धारणा ब्यक्त गरे । पोखरा उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य सुदिप प्रधानाङ्गले VCTS लाई कार्यान्वयन गर्न ब्यवारिक पक्ष सबल बनाउनु पर्ने बताए भने कार्यसमिति सदस्य शोभा गौतमले भ्याट बिल र पान बिलको अन्तर र खुल्ला कारोबारलाई जोड दिनु पर्ने बताईन ।

कार्यक्रममा आएका सुझाव र जिज्ञासाका आधारमा राजश्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलले गण्डकी प्रदेश पर्यटकीय सहर साथै बिभिन्न परियोजना पनि निर्माण भईरहेको प्रदेश भएकाले र यहाँ प्रत्यक्ष रुपमा अनुगमन गर्ने निकाय नभएकाले यो कार्यक्रम संचालन गरिएको र राजश्व चुहावट नियन्त्रण गर्न साथै VCTS अवलम्बन गर्नाले व्यवसाय पारदर्शी हुने हुदाँ सबै व्यवसायीले साथ दिनु पर्ने कुरामा जोड दिए । कार्यक्रमको अध्यक्षता गरेका पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले हामी व्यवसायी जागरुक भएर आफुले तिरेको करको सहि सदुपयोग हुनलाई नै व्यवसाय पारदर्शी बनाउन आवश्यक रहेको बताए । साथै उनले कार्यक्रम समापन गर्दै उपस्थित सरोकारवाला निकायको सहभागिताले कार्यक्रम प्रभावकारी बनेको बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य, आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख रमेश शर्माले पोखरामा राजश्व चुहावट हुन नदिन सबै लाग्नु पर्ने तर्फ जोड दिएका थिए ।

टिप्पणिहरु
लोड हुदै...