पाेखरा, भदौ ।पोखरा उद्योग वाणिज्य संघको आगामी निर्वाचनलाई लक्षित गर्दै शोभा गौतमको नेतृत्वमा ‘समावेशी टिम, उद्यमी नेतृत्व–सबल संघ, समृद्ध पोखरा’ नारासहित आज उम्मेदवारी घोषणा गरिएको छ।

घोषित टिममा अध्यक्ष पदका उम्मेदवार शोभा गौतमसहित वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी, उद्योग उपाध्यक्षमा सौगात थापा र वाणिज्य उपाध्यक्षमा भीम गौतम रहेका छन्।
त्यस्तै महासचिव पदमा तारानाथ ढुंगाना, कोषाध्यक्षमा जीवनप्रकाश श्रेष्ठ र उपमहासचिव पदमा यादव पोखरेलले उम्मेदवारी दिने घोषणा गरिएको छ।
उम्मेदवारहरूले व्यवसायीको हकहित, उद्योग–व्यवसायको प्रवर्द्धन तथा पोखराको समृद्धिका लागि संघलाई थप प्रभावकारी र समावेशी बनाउने प्रतिबद्धता जनाएका छन्।
पोखरा । पोखरा उद्योग वाणिज्य संघको आगामी निर्वाचनका लागि वर्तमान महासचिव शोभा गौतमको नेतृत्वमा उम्मेदवार टिम घोषणा गरिएको छ। आज पत्रकार सम्मेलन गर्दै टिम घाेषणा गरिएकाे हाे ।
संघको ७१औँ अधिवेशन तथा ७२औँ महाधिवेशनको अवसरमा गौतम नेतृत्वको टिमले निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति गर्दै उम्मेदवार परिचय तथा उम्मेदवारी घोषणा कार्यक्रम आयोजना गरेको हो।
“समावेशी टिम, जुर्मुराउ नेतृत्व–सबल संघ, समृद्ध पोखरा” भन्ने नारासहित घोषणा गरिएको टिममा अध्यक्ष पदमा शोभा गौतम उम्मेदवार बन्ने भएकी छन्।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी, उद्योग उपाध्यक्षमा सौगात थापा, वाणिज्य उपाध्यक्षमा भीम गौतम, महासचिवमा तारानाथ ढुंगाना, कोषाध्यक्षमा जीवनप्रकाश श्रेष्ठ र उपमहासचिवमा यादव पोखरेल उम्मेदवार रहेका छन्।
गौतम नेतृत्वको टिमले पोखरा उद्योग वाणिज्य संघलाई उद्योगी–व्यवसायीको साझा संस्था बनाउँदै व्यवसायीका वास्तविक समस्या समाधानका लागि प्रभावकारी पहल गर्ने प्रतिबद्धता जनाएको छ।
टिमले स्थानीय उत्पादन, स्थानीय उद्यम र स्थानीय बजारलाई प्राथमिकता दिने, युवा तथा महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने, लगानीमैत्री वातावरण निर्माणका लागि सरकार तथा सम्बन्धित निकायसँग सहकार्य गर्ने र पोखराको पर्यटन तथा आर्थिक सम्भावनालाई उद्योग–व्यवसायसँग जोड्ने विषयलाई प्राथमिकतामा राखेको छ।
त्यसैगरी संघलाई प्रविधिमैत्री, आधुनिक, पारदर्शी र प्रभावकारी संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता पनि टिमले जनाएको छ।
गौतम नेतृत्वको टिमले उद्योग, व्यापार, पर्यटन, महिला उद्यमशीलता, युवा व्यवसायीलगायत निजी क्षेत्रका विभिन्न पक्षलाई समेटेर समावेशी टिम निर्माण गरिएको जनाएको छ