पोखरा, पुस १८ गते ।गण्डकी प्रदेश सरकारकाकानून, संचार तथाप्रदेश सभामामिलामन्त्रीविन्दुकुमार थापाले देश विकासमा हेभीइक्युमेन्ट अपरेटरहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । हेभीइक्युमेन्ट अपरेटर संघ पोखराको पाँचौं साधारण सभातथाअधिवेशनलाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । विकास निर्माणमा अपरेटरहरुको भूमिका उल्लेखनिय रहेको बताउँदै उहाँले अपरेटरहरु अब जागिरमा मात्र सिमित नरही स्वरोजगारमा समेत केन्द्रीत हुनुपर्ने धारणा राख्नुभयो ।
‘राष्ट्र निर्माणमा अपरेटरहरुको भूमिका महत्वपूर्ण छ । अपरेटरहरु विनाभौतिक विकास सम्भव छैन । तपाईहरुलाई परेका समस्यालाई सम्बोधन गर्ने नीति बनाउनेछौं ।अब तपाईहरु जागिरे मात्रै नभई स्वरोजगार तर्फ पनि केन्द्रीत हुनुपर्छ ।’, उहाँले भन्नुभयो । मन्त्री थापाले निर्माण व्यवसायी र अपरेटरहरु बीच नङ र मासुको जस्तै सम्बन्ध हुनुपर्ने बताउनुभयो । निर्माण व्यवसायीहरुको लगानीलाई सुरक्षीत राख्ने जिम्मेबारी अपरेटहरुको काँधमा भएकाले अपरेटहरुले पनि लगानीकर्ताको मनोभावनालाई बुझ्नुपर्ने आवश्यकता रहेको उहाँले औंल्याउनुभयो ।
छोटो समयमा हेभीइक्युपमेन्ट अपरेटर संघ पोखराले प्रशंसनिय काम गरेको उल्लेख गर्दै मन्त्री थापाले अपरेटहरुको समस्यामा प्रदेश सरकार साथमा रहेको बताउनुभयो । गण्डकी प्रदेश सरकारले पनिविकास निर्माणका कार्यमा तिव्रतादिँदै गएको र त्यसलाई सफलपार्ने जिम्मेबारी हेभीइक्युमेन्ट अपरेटरहरुको भएको भनाई उहाँको छ । ‘पहिलो चौमासिक पश्चात प्रदेश सरकार विकासका गतिविधिमा अगाडि बढेको छ । समयमै सम्पन्नगर्न मेसिन र अपरेटहरुको खाँचो उत्तिकै बढ्छ । देशलाई समृद्धि बनाउने जिम्मेबारीमा अपरेटहरु पनि हुनुहुन्छ । त्यसैले सबै मिलेर काम गरौं ।’, उहाँले भन्नुभयो ।
हेभीइक्युमेन्ट अपरेटरहरुलाई लाइसेन्स सहजै उपलब्ध गराउने प्रक्रियामा गण्डकी सरकार सकरात्मक रहेको उहाँले बताउनुभयो । ट्रायलमा देखिएका समस्यालाई समाधानगर्दै व्यवस्थित गरिने भनाई उहाँको छ । हेभीइक्युमेन्ट अपरेटर मैत्रीनीति निर्माणमा समेत प्रदेश सरकारले ध्यान पुर्याउने मन्त्री थापाले बताउनुभयो । आफु पनि व्यवसायिक क्षेत्रबाट राजनीतिमा आएकाले श्रमिक र मजदुर सबैका समस्यालाई नजिकबाट बुझेको उल्लेख गर्दै नीति निर्माणमा सहजता अप्नाउने अभिव्यक्ति मन्त्री थापाको छ ।