पोखरा, पुस १८ गते ।मनाङमा हिमपहिरोमा परी एक जनाको मृत्यु भएको छ । मनाङ नासों गाँउपालिका ४ ओडार बस्ने वर्ष ५५ को आजुङ लाटा गुरुङ भन्ने आच्यु गुरुङको मृत्यु भएको हो । तपकी स्थित भेडी गोठबाट घर फर्कने क्रममा ।दफाडी जंगलमा हिमपहिरोमा परी हराई सम्पर्क बिहिन भएका थिए ।
सम्पर्क बिििहन भएको खबर प्राप्त हुनासाथ प्रहरी टोलीले खोजतलास गरेको थियो । खोजतलासका क्रममा आज भेटिएको प्रहरीले जनाएको छ । आज मनाङ नासो गाँउपालिका ४ फ्लेमरो जंगल स्थित रउ भिरमा हिउले पुरिभएको अवस्थामा मृत भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।