पोखरा । राष्ट्रियसभा निर्वाचनका लागि गण्डकीमा एमाले उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । पोखराको राष्टबैकमा रहेको निर्वाचन कार्यालयमा पुगेर एमाले उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।
एमालेले खुलामा कास्कीका पुण्य पौडेल, महिलामा लीला बस्नेत र दलित कोटामा अर्जुनकुमार सुनामले उम्मेदवारी दर्ता गरेका हुन् । एमलेले सुरुमा गोविन्दबहादुर नेपालीलाई उम्मेदवार बनाउने भनिए पनि अन्तिम समयमा आएर प्राविधिक कारण देखाउदै सुनाम उम्मेदवारी बनाइएको हो ।