एमाले कास्कीको १० औँ अधिवेशन २३ गते, ९१४ प्रतिनिधि छानिए

पोखरा, पुस २१ गते ।नेकपा एमाले कास्कीको १० औँ अधिवेशनको तयारी पुरा भएको छ । नेकपा एमाले कास्कीले पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी अधिवेशनको तयारी पुरा भएको जानकारी दिएको हो । अधिवेशनका लागि ९१४ जना प्रतिनिधि छनोट भैसकेको एमाले कास्कीका कार्यवाहक अध्यक्ष मनबहादर गुरुङले जानकारी दिनुभयो ।

एमाले कास्कीका कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङका अनुसार पालिका मातहतका ७२ वटा वडा, विशेष इलाका मातहतका शाखा कमिटी, गाउँपालिका, महानगरपालिका, जनवर्गीय संगठनबाट छानिएका प्रतिनिधि, सल्लाहकार परिषद, जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरु अधिवेशनमा प्रतिनिधिका रुपमा छनोट भएका छन् ।

 

अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न १० वटा उपसमितिहरु गठन भएका छन् । देशभरका ७७ वटै जिल्ला अधिवेशनको उद्घाटन एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्ने प्रचार विभाग प्रमुख तेजनारायण अधिकारीले बताउनुभयो ।

 

अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ । झण्डै आठ वर्षपछि जिल्ला अधिवेशन हुन लागेको हो । एमले र माओबादी केन्द्रवीच एकिकरण भएपछि अधिवेशन हुन सकेको थिएन ।सर्वोच्च अदालतले एमाले र माओबादी कायम गरेपछि अधिवेशन हुन लागेको हो ।अधिवेशनबाट सकेसम्म सर्वसम्मत नसके आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व छनोट गरिने एमाले कास्कीका कावा अध्यक्ष गुरुङले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...