शिक्षा क्षेत्र अस्तब्यस्त बन्यो :अर्थमन्त्री बराल

पोखरा, पुस २२ गते । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले देशको उन्नती र प्रगती हुने शिक्षा निती आवश्यक भएको बताउनु भएको छ ।

पोखराको एस.ओ.एस.हर्मन माइनर बिद्यालयको ३८ औं बार्षिक खेलकुद दीवसको विहिबार एक समारोहका बिच उद्घाटन गर्दै मन्त्री बरालले हाल शिक्षामा अस्तव्यस्त देखिएको उल्लेख गर्दै देशको उन्नती र प्रगती हुने शिक्षा निती आवश्यक भएको बताउनु भएको हो ।

नेपालको शिक्षा निती समय सापेक्ष नभएको बताउदै मन्त्री बरालले शिक्षासंगै बिद्यार्थीहरुको सर्वाङगिण विकासको लागि खेलकुद समेत आवश्यक भएको जनाउनु भयो । खेलकुदमा आम जनताको पहुँचमा पुराउनु पर्ने बताउदै मन्त्री बरालले खेलकुदले व्यत्तिलाई अनुसासित र शारीरिक रुपमा मजबुद बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

 

बिद्यालयले शिक्षा क्षेत्रमा पुराएको योगदानको प्रशंसा गर्दै मन्त्री बरालले शिक्षालाई प्रभावकारी बनाउन राज्यको तर्फबाट सहयोग हुने बताउनु भयो । प्रदेश सरकारको तर्फबाट समेत बिद्यालयको शैक्षिक विकासको लागि सहयोग हुनेउहाँले जनाउनु भयो । यसैबिच मन्त्री बराललाई मार्च पासमा सहभागि बिद्यार्थीहरुले सलामी दिनु भएको थियो । रातो कार्पेट र पिर्का हटायर मन्त्री बरालले मार्च पासमा सहभागि खेलाडीहरुलाई सलामी फर्काउनु भएकोे थियो ।

 

बिद्यालयका प्रिन्सिपल राजेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा सहायक प्रिन्सिपल किरण सापकोटा लगायतले वोल्नु भएको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुतः गरिएको थियो । राष्ट्रिय सेवा दल सहितका ५ समुहले मार्च मास सहित विभिन्न खेलकुदमा सहभागि हुने भएको शिक्षक विरसिंह बुद्धले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...