बिद्रोही स्वभावका विष्णुको राजनीति

पोखरा, माघ २ गते ।फुर्तिलो र हसिलो अनुहार । सफा चट् अनि स्टाइलिस । राजनीतिक चेत अनि विद्रोही स्वभाव भएका बिष्णु पुन कास्कीका युवाहरुमा चर्चित नाम हो । उनलाई राजनीति र व्यवसायीक रुपमा लागेका प्रायले चिन्तछन् । ०४७ साल कार्तिक २० गते बाग्लुङको दुर्गम गाउ दमेक हाल जैमुनि नगरपालिकामा जन्मेका हुन् । बाल्यकाल उतै विताएका पुन २०५८ सालमा बसाई सरेर कास्कीको तत्कालिन लेखनाथ नगरपालिका आए । अहिले पोखरा महानगरपालिका २९ का स्थायी बासिन्दा हुन ।

उनी सानैदेखि निडर र हक्की स्वभावका थिए । लेखनाथकै स्थानीय बिद्यालय जनप्रकाश माबिबाट उनले आफनो विद्यालय शिक्षा पुरा गरे । उनी विद्यालयमाटै राजनीतिमा आकर्षित भए । उनले स्कुले जीवनबाटै विद्यार्थी राजनीति सुरु गरे । विद्यालयमा अनेरास्ववियूमा संगठित हुदै राजनीतिक यात्रा प्रारम्भ गरे ।उनी प्रारम्भिक कमिटिमा रहेर अनेरास्ववियुमा काम गरे । पुन आफनो राजनीतिक जीवनको यात्रालाई स्मरण गदै भन्दछ्न त्यति खेल बिद्यलयमा काङ्ग्रेस समर्थक बाहेक अरुले संगठन निर्माण गर्न पाउथेनन् । अरबिद्यार्थी संगठनलाई कमिटी बनाउन पनि निषेध गरिन्थ्यो उनले भने, त्यो बेला अनेरास्ववियुको अध्यक्ष भए । उनी २०६१ र ६२ को जनआन्दोलनमा समेत सक्रिय रुपमा सहभागि भए । निरन्तर बिद्यार्थी आन्दोलनमा सहभागि भए । २०६४ को स्वबियु निर्वाचनताका अनेरास्ववियु कास्कीको जिल्ला कमिटी सदस्य पदमा निर्वाचित भए ।

 

उच्च माबि सम्मको अध्यन जनप्रकाशबाट गरेका उनी उच्च शिक्षा अध्ययनका लागि कम्यूनिष्ट आन्दोलनको उर्वरभुमि पृथ्वीनारायण क्याम्पसमा पुगे । सानैदेखि कम्यूनिष्ट राजनीतिमा लागेका उनलाई पृथ्वीनारायण क्याम्पसमा पुगेपछि राजनीतिमा लाग्ने उनको उद्देश्यलाई थप मलजल गर्यो । उनले राजनीतिसंगै ब्यवस्थापनमा स्नातकोत्तर गरेर । उनी स्नातकोत्तर गरेसंगै व्यवसायीक क्ष्मोत्रमा समेत होमिए । उनले राजनीति र ब्यवसायलाई संगसंगै अगाडी बढाए । दुवै क्षेत्रमा सफलता प्राप्त गरे । एक सफल युवा ब्यबसायी र राजनीतिक नेताको छवि बनाए । उनि भन्छन २०६४ को निर्वाचनमा एमाले निकै कमजोर थियो । त्यस समयमा एमालेमा युवाहरुको खडेरी लागेको थियो ।

 

त्यो बेला साबिक लेखनाथ १ मा तत्कालीन प्रजातान्त्रिक रास्ट्रिय युवा संघ नेपालको वडा अध्यक्ष भएर काम गरे । उनलाई बाध्यताबस युवा सघको अध्यक्ष बन्नुपर्ने भएपछि विद्यार्थी राजनीतिलाई छाडे अनि युवाको नेतृत्व गरे । २०६४ को निर्वाचनमा एमालेको हारसगै माओबादी केन्द्रको युवा दस्ता योंग कम्यूनिष्ट लिग(वाईसियल)सग लड्न युथ फोर्स बन्यो । पुन सर्बसम्मत त्यसको लेखनाथ नगर कमिटीको सचीव बने । उनकै नेतृत्वको निष्क्रियतासगै कार्यवाहक सयोजकको जिम्मेवारीमा रहेर काम गरे । पार्टी र युवा राजनीतिलाई सगसगै अगाडि बढाएका उनि २०६६ सालमा नेकपा एमाले लेखनाथ १ को वडा कमिटी सचिव भए । २०६९ सालमा साबिक लेखनाथ नगरपालिका नेकपा एमाले नगर कमिटीको सर्बसम्मत सचिव पनि निर्वाचित भए । विगतलाई सम्झदै उनि भन्छन्, २०६६ सालमा तल्कालिन सामान्य प्रशासन मन्त्री रबिन्द्र श्रेष्ठलाई प्रमुख अतिथि बनाएर तत्कालीन प्रजातान्त्रिक राष्टिय युवा सघ नेपाल लेखनाथको अध्यक्ष भएका उनि २०६६ सालमा तत्कालीन प्रजातान्त्रिक रास्टीय युवा सघ नेपाल लेखनाथ नगर कमिटीको छैटौं अधिबेशनमा केपि ओलिलाई प्रमुख अतिथि बनाएर एमाले कास्कीको एमालेको आन्दोलनमा उर्जा थपे ।

 

एमाले नेता खगराज अधिकारिलाई आफ्नो राजनीति आस्था मान्ने उनि २०६६ सालमा प्रजातान्त्रिक रास्टीय युवा सघ नेपाल कास्कीको कोषाध्यक्ष , २०६९ सालमा कास्की जिल्ला कमिटी सचिव २०७० सालमा कास्की जिल्ला कमिटीको सयोजक भए । उनि २०७१ सालमा युवा सघ नेपाल कास्कीको अध्यक्ष बन्दै नेतृत्व लिए । २०७५ सालला युवा सघ नेपालको केन्द्रिय कमिटी सदस्य बनेका उनि माओवादी र एमाले एकीकरण पछि नेकपाको युवा जनबर्गिय संगठन रास्ट्रीय युवा सघ नेपालको केन्द्रिय कमिटी सदस्य एबं कास्की जिल्ला इन्चार्ज समेत भए । नेकपा बिभाजन पछि एमाले र माओवादी पुर्बवत अबस्थामा फर्किए पछि वाइसियल र युवा सघ पनि पुर्बवत अबस्थामा फर्कियो ।

पूर्न गडित रास्ट्रीय युवा सघ नेपालको स्थायि कमिटी सदस्य एबम गण्डकी प्रदेश उपप्रमुख बनेका उनि लामो समय पार्टीको जिम्मेवारी बिहिन थिए । उनी पुस ३ गते एमाले कास्कीको दशौ जिल्ला अधिबेशन आयोजक कमिटीमा मनोनीत भए । पुस १३ देखि ३० सम्म सम्पन्न दशौ जिल्ला अधिबेशनमा पोखरा महानगर २९ बाट भूगोल तर्फ जिल्ला कमिटी सदस्य पदमा निर्वाचित भए । हक्की स्वभावका उनि बेला बेला संगठनमा हुने गलत निणयको विरुद्ध आवाज उठाउदै आफ्नो बिचार राख्न पछि पदैनन । अन्याय सहन नसक्ने र नेताको गुलामि नगर्ने कारण आफना समकक्षीहरु राजनीति नेतृत्वमा स्थापित भएपनि आफु पछि परेको दावी उनले गरेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...