सत्ता गठबन्धन दलहरुको बैठक बस्दै

काठमाडौँ, माघ ४ गते । सत्तारूढ गठबन्धन दलहरूको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बैठक बस्न लागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार भएको भेट पछि बैठक बस्ने तय भएको हो ।

राष्ट्रिय सभा निर्वाचनको रणनीति, संसद् सञ्चालन लगायत निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि गरेको तयारी लगायतका विषयमा छलफल गर्ने उद्देश्यले गठबन्धनको बैठक बस्न लागेको हो ।

 

गठबन्धनको बैठकमा माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको रणनीति, स्थानीय तहको निर्वाचन मिति घोषणा लगायतका विषयमा छलफल हुने अनुमान गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...