पोखरा, माघ ६ गते । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ६२७ नयाँ संक्रमित थपिएका छन् । ११७५ जनाको परीक्षण गरिएकोमा ५४८ जनाको नेगेटिभ आएको थियो । पछिल्लो २४ घण्टामा ७० जना कोरोना संक्रमण मुक्त भएका छ भने एक जनाको मृृत्युभएको छ ।
गण्डकीका ११ जिल्ला मध्य बिहिबार कास्कीका २४१ जना नयाँ संक्रमित थपिएका छन् । स्यांजाका १०७, तनहुँका ६७, नवपरासी पूर्वका ६० जना, म्याग्दीका ४४ जना, लमजुंगका २६ जना, बागलुंगका ३७ जना, गोरखाका ४१ ज्ना र पर्वतका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।