पोखरा, माघ ६ गते ।पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ९ सय नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको पछिल्लो विवरण अनुसार १७ सय दुई जनाको स्वाव परीक्षणमा ९ सय जनामा संक्रमण पुष्टि भएको हो ।त्यस्तै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा दुई जनाको मृत्यु भएको छ ।
शुक्रबार गोरखा नगरपालिका ११ का ४० वर्षिय पुरुष र पर्वत कुश्मा नगरपालिकाका २३ वर्षिय संक्रमित महिलाको मृत्यु भएको छ । पुरुषमा शुक्रबार र महिलालाई विहिबार संक्रमण पुष्टि भएको थियो । गण्डकीमा शुक्रबार सम्म सक्रिय संक्रमितको संख्या ४१ सय १७ जना पुगेका छन भने ८७ हजार ३ सय ३७ जना निको भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट गण्डकीमा १४ सय ३२ जनाको मृत्यु भएको छ ।