पोखरा, माघ ८ गते ।पोखराको पर्यटकीय केन्द्र फेवाताल प्राकृतिक र मानवीय अतिक्रमणको चपेटामा परेको छ । फेवाताल संरक्षणमा धेरै कुरा हुने गरेपनि काम भने कम हुने गरेको छ । फेवाताल देखाएर कमाउने व्यवसायीहरुले समेत त्यसको संरक्षणमा चासो देखाउदैनन् । घुम्न आउने पर्यटकले जभाभावी फाल्ने फोहोर र फेवाकिनारमा रहेका व्यवसायीका कारण फेवाताल फोहोर हुदै गएको छ ।
फेवाताल संरक्षणमा सरकारी निकाय र सरोकारवाल निकायले चासो नदिदाँ संकटमा पर्दै गएको छ । पोखराको प्रमुख पर्यटकीय केन्द्र फेवातालको सरसफाईमा आमा समुहहरुले चासो देखाएका छन् ।
शनिबार विहान पोखरा महानगरपालिका वडा नम्वर ६ का अध्यक्ष जगत बा। पहारी सहित विभिन्न संघसंस्थाले फेवाताल किनारमा सरसफाई गरेका छन् । फेवाताल संरक्षण पहलका संयोजक शंकर कोईराला, अध्यक्ष धर्मराज पहारी , खहरे आमा समुह र समाजसेवीहरुको सहयोगमा फेवाताल संरक्षण पहलको आयोजनामा सरसफाई गरिएको स्थानीय पर्यटन ब्यवसायी हरी भुजेलले जानकारी दिए ।