कास्कीका ४५१ सहित गण्डकीमा आइतबार थपिए ६९७ संक्रमित

पोखरा, माघ ९ गते ।पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ६ सय ९७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । आइतबार गण्डकीमा १०८६ जनाको पिसिआर र एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । गण्डकीको कास्कीमा दैनिक कोरोना संक्रमितको संख्या बृद्धि भैरहेको छ ।

आइतबार मात्रै कास्कीमा ४५१ जना ंक्रमित थपिएका छन् । त्यस्तै स्यांजामा ४८ जना, तनहुँमा १५ जना, नवलपरासी पूर्वमा ६१ जना, पर्वतमा २३ जना, गोरखामा ४ जना र बागलुंमा ५९ जना, मनांगमा १ र मुस्तांगमा १ जनामा मा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकीमा आइतबार १६५ जना कोरोना संक्रमण मुक्त भएका छन् । गण्डकीमा ४८७४ जना होमआइसोलेसनमा रहेका छन । यस्तै गण्डकीमा शनिबार कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएकोछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...