खास्टेताल सरसफाई

लेखनाथ,माघ १० गते ।स्थानिय स्तरमा तालको संरक्षण गर्दै आय आर्जनका लागि माछापालन गर्दै आएको खास्टेताल मत्स्य तथा  कृर्षि सहकारी सस्थाले आफनो छैटौं स्थापना दिवसको अवसर पारेर ताल वरपर सरसफाई गरेको छ ।

तालको प्राकृतिक सुन्दरतालाई नविगारी आय आर्जनका लागि माछा पालन गर्दै आएको सहकारीले सामाजिक उत्तरदाईत्व अन्तगर सोमवार पोखरा २६ मा रहेका खास्टे र न्यूरेनी ताल वरपर सरसफाई गरेको हो ।

 

ताल वरपर आउने आन्तरिक तथा वाह्यि पर्यटनलाई आकर्सण गर्नका लागि सरसफाई महत्वपुर्ण भएको भन्दै सरसफाई टोलीले वातावरण सचेतना मुलक नारा सहित ताल वरपर भएका फोहोर जन्य पदार्थ संकलन गरी उचित ब्यवस्थापन गरेको हो ।

 

कार्यक्रममा सहकारीका अध्यक्ष हरि प्रसाद अधिकारीेले ताललाई मानविय अतिक्रमण र वातावरणीय प्रदुसणबाट बचाई राख्नका लागि सवैको साथ सहयोग आवस्यक रहेकोमा जोड दिदै घुम्न आउने जो सुकैले पनि आफुले गरेको फोहोर आपैmले ब्यवस्थापन गर्न पनि सवैमा अनुरोध गर्नु भएको थियो ।

 

सहकारी अन्तरगत र ताल संरक्षण समितिका पदाधिकारी तथा सेयर सदस्यहरुको सहभागीता रहेको सरसफाई कार्यक्रममा खास्टे तालवाराही मन्दिर हुदै खास्टे र न्यूरेनी ताल वरपर सरसफाई गरेको हो ।

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...