अन्नपूर्ण गाँउपालिकामा नेपाली साङ्केतिक भाषा तालिम सुरु

अन्नपुर्ण गाउँपालिकाको आयोजनामा र अन्नपुर्ण बहिरा संघको समन्वयमा ा बहिरा अपाङ्गता भएका ब्यक्तिहरुको लागी तीन महिने नेपाली साङ्केतिक भाषा तालिम सुरू भएको छ। अन्नपुर्ण बहिरा संघका अध्यक्ष बिश्वामित्र मित्रकोटीले साङ्केतिक भाषा तालिमको आवस्यकता र तालिमको महत्व माथि प्रकाश पार्नुभएको थियो । गण्डकी बहिरा संघका पुर्व अध्यक्ष जमानसिंह गुरुङ्ले साङ्केतिक भाषाको अभावमा बहिरा अपाङ्गता भएका व्यक्तिहरुको सञ्चारमा पहुँच पुग्न नसक्ने र त्यसले उनिहरुको जिवन अन्धकारमय हुने कुरा व्यक्त गर्दै आगमी वर्षहरुमा यस्ता तालिमहरु वडा स्तरसम्म नै पर्याउनुपर्ने कुरामा जोड दिनुभयो।

 

कार्यक्रमको सफलताको शुभाकामना व्यक्त गर्ने क्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्माले नेपालको संबिधान, अपाङ्गता भएका व्यक्तिहरुको अधिकार ऐन लगायत अन्य कानुनहरुले ब्यवस्था गरे अनुरुप अपाङ्गता भएका व्यक्तिहरुले प्राप्त गर्न कठिन हुने गरेको कुरा ब्यक्त गर्दै अन्नपुर्ण गाँउपालिकाले बहिरा अपाङ्गता भएका व्यक्तिहरुको सञ्चारलाई मद्दत पुग्ने गरी गरेको कार्यको प्रशंसा समेत गर्नुभयो।


बहिराहरुको बिकासको लागी साङ्केतिक भाषा पहिलो सर्त हुने र भाषा जानेपछि मात्र अरु कार्यहरु गर्न सहज हुने भएकाले पहिले भाषाको ज्ञान भएपछि बिस्तारै अन्य सिपमुलक तालिमहरु लिन सहज हुने भएकोले यो तालिम बास्तवमै महत्वपुर्ण भएको र तालिमलाई सफल बनाउन आफुले सक्दो प्रयास गर्ने तालिमका प्रशिक्षक ज्ञानबहादुर भित्रकोटीले जनाउनु भयो।

कार्यक्रमका अन्नपुर्ण गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत शेषकान्त पौडेलले कोभिडको कारण गत वर्ष बिनियोजित रकम खर्च गर्न नसकिएको जानकारी गराउँदै अपाङ्गता लक्षित कार्यक्रमहरु कार्यन्वयनको लागी सम्वन्धित निकायसंग समन्वय गर्दै पालिकाको सबै लक्षित समुदाय सम्म कार्यक्रम पुग्ने गरि कार्य गर्न आफु प्रतिवद्ध रहेको जानकारी गराउनु भयो।

अन्नपुर्ण गाउँपालिका वडा नं १० का वडा अध्यक्ष कुमार प्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न भएको उद्धाटन समारोह साहायक महिला विकास निरिक्षक निर्मला कुँवरले सञ्चालन गर्नुभएको थियो । े सञ्चार अनुबादका लागि नेपाली सांकेतिक भाषाका दोभाषे सुनिता राना मगरले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...